हरेक महिलाले पुरुषलाई भन्न् नमिल्ने र पुरुषले सोध्न नमिल्ने यि सात कुराहरु , के के ? जान्नुहोस् !



काठमाडौं । अधिकाँश पुरुषलाई महिलाको बारेमा त्यति नै थाहा हुन्छ जति उनीहरुले देख्छन् र सुन्छन् । खासमा धेरै पुरुषलाई महिलाका रहस्यबारे जानकारी नै हुँदैन । त्यसैले होला एक साहित्यकारले महिलालाई ‘फरेन ल्याण्ड’ अर्थत विदेशी भूमिको सज्ञा दिएका छन् ।

कहिले काँहि पुरुषहरु महिलाको बारेमा राम्रो ज्ञान भएको ठानेर भ्रममा समेत पर्ने गर्छन् । किन कि कतिपय यस्ता कुरा हुन्छन् जुन महिलाले पुरुषलाई थाहै दिँदैनन् ।

यहाँ महिलाले पुरुषलाई नभन्ने ७ कुराबारे चर्चा गरिएको छ ।

१ एक महिला अर्की महिलासँग प्रेम गर्छे
महिला पुरुषसँग मात्र आकर्षित हुन्छे भन्ने ठान्नु भएको छ भने तपाइँ गलत हुनुहुन्छ । खासमा एक महिला अर्की महिलाको दुश्मन ठानिएपनि महिलाले महिलालाई एकदम प्रेम समेत गर्छन । कतिपय महिलालाई आकर्षक बनेर हिँड्ने महिलालाई बारम्बार देख्न मन समेत लाग्ने गर्छ ।

२ पूर्व प्रेमीको निगरानी
केटीहरुले विवाह भएपछि वा नयाँ प्रेम सम्बन्ध शुरु भएपछि पनि पहिलो प्रेमीलाई विर्सन सक्दैनन् । उनीहरुले पूर्व प्रेमिका गतिविधी नियालीरहेका हुन्छ्न् । उ कहाँ जान्छ । कोसँग भेट्छ वा कस्ता फेसबुक अपडेट राख्छ भन्ने कुरा केटीहरुले विचार गर्छन् ।

३ अश्लिल चलचित्र हेर्न महिलालाई पनि मन पर्छ
अश्लिल चलचित्रका पारखी पुरुष मात्र हुन्छन् भन्ने सोंच्नु भएको छ भने तपाइँ गलत हुनुहुन्छ । खासमा केटीहरु पनि अश्लिल चलचित्र हेर्न मन पराउँछन् । तर उनीहरुले यस्तो चलचित्र हेरेको कुरा कहिल्यै पनि स्वीकार भने गर्दैनन् ।

४ आफ्नै शरीरसँग प्रेम
हरेक महिलालाई सबैभन्दा बढी प्रेम आफ्नै शरीरसँग हुन्छ । खासमा शरीरको विषयमा पुरुषले गर्ने नकारात्मक टिप्पणीले कुनै पनि केटीको सबैभन्दा बढी चित्त दुख्छ ।

५ एक्लै हुँदा ….
महिलाहरु एक्लै हुँदा अनेक हर्कत गर्छन् जुन अरु भएको बेला गर्न मिल्दैन । तर यो कुरा उनीहरुले अरुसँग भन्न मन पराउँदैनन् । ब्रा लगाएर नाच्नु वा विभिन्न पोज दिएर ऐना हेर्नु जस्ता क्रियाकलाप केटीहरुले एक्लै भएको बेला गर्छन् ।

६ इर्श्या
इर्श्या कुनै पनि महिलाको लागि प्राकृतिक गुण नै हो भन्दा पनि हुन्छ । विवाह गरेपछि हतारमा आमा बन्न नचाहने केटी अरुका सन्तान देखेर भने इर्श्या गर्छन् । आफूलाई महिलाका समस्याका कारण दुखाइ वा पीडा हुँदा पतिलाई पनि त्यस्तै भैदिए हुन्थ्यो जस्तो उनीहरुलाई लाग्छ ।

७ रहस्य जान्ने इच्छा
हरेक महिलालाई आफ्ना पुरुष साथी वा पतिप्रति केही न केही कुरा लुकाएको संका हुन्छ । उनीहरु त्यो कुरा जान्न चाहिरहेका हुन्छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्