प्रकाण्ड पुत्र गोलीसहित विमानस्थलबाट पक्राउ



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा नरेन्द्र विक गोलीसहित पक्राउ परेका छन् ।

बिहिबार विराटनगर विमानस्थलबाट काठमाडौँ आउने क्रममा उनी गोलीसहित पक्राउ परेका हुन् ।

उनीसँग चिनियाँ पेस्तोलको ३ राउण्ड गोली सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनी साँझ यति एयरलाइन्सको विमानबाट काठमाडौँ आउन लागेका थिए । विमानस्थलमा चेकजाँचका क्रममा उनीबाट गोली फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका एसपी मनोज केसीका अनुसार उनलाई विराटनगरमा राखेर अनुसन्धान भइरहेको छ ।

विक नेकपाको विद्यार्थी संगठनका कोषाध्यक्ष पनि हुन् । पार्टी स्रोतका अनुसार उनी विद्यार्थी संगठनकै जिल्ला सम्मेलनका लागि सुनसरी पुगेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्