सैघाली खबर
काठमाडौं, ३१ साउन ।– स्वास्थ्य अवस्था निकै खराब भए पनि डा। गोविन्द केसीले आइसियुमा उपचार गराउन नमान्दा उहाँको ज्यान जोखिममा परेको छ ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै २३ दिनदेखि आमरण अनसन बसेका डा। केसीको छातीको दुखाइ बढेपछि उपचारमा संलग्न चिकित्सकले आइसीयुमा लैजाने तयारी गरे पनि डा। केसी नमान्दा जोखिम बढेको हो ।
डा। केसीलाई सास फेर्नसमेत गाह्रो भइरहेको, शरीरमा चिनीको मात्रा, इलेक्ट्रोलाइट र रगतमा सेतो रक्त कोषको संख्यासमेत सामान्य स्तरभन्दा निकै तल झरेको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।
डा। केसीका प्रतिनिधि डा। अभिषेकराज सिंहले सरकारी वार्ता समिति बनेको २० दिन भएपनि अहिलेसम्म सम्म ८ पटक वार्ता मात्र भएको बताउनुभयो । सरकारी वार्ता समितिले चिकित्सा शिक्षा ऐन मात्र नभई अन्य विषयमा समेत छलफल प्रयास नगरेको उहाँले आरोप लगाउनुभयो ।
डा। केसीले चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनमा बसेको यो ११ पटक हो । उस्तै मागका लागि यसअघि दस पटक गरी एक सय ४० दिन अनसन बसिसकेका डा। केसीको ११ औं अनसन अहिलेसम्मकै लामो भएको छ । उहाँको १० औं अनसन २२ औं दिनमा तोडिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।