नारी सुरक्षा र सम्मानका लागि ‘मिसन साहसी’ सुरु



काठमाडौं । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले राष्ट्रियव्यापी अभियान मिसन साहसी कार्यक्रम काठमाडौंमा पनि सुरु गरेको छ । नारी सुरक्षा र सम्मानका लागि राष्ट्रियव्यापी अभियान मिसन साहसी नामक कार्यक्रम विद्यार्थी परिषद्को काठमाडौं महानगर इकाईले आजबाट राजधानीका विभिन्न कलेजका ८० भन्दा बढी छात्राहरुलाई प्रशिक्षक प्रशिक्षण तालिमको दिएर सुरुवात गरेको हो ।

राजधानीको पद्यमकन्या क्याम्पस प्राङगढमा सुरु गरिएको मिसन साहसी अभियान अन्तर्गतको प्रशिक्षक प्रशिक्षण तालिम तीन दिन सम्म सञ्चालन हुने जनाइएको छ ।

उक्त तालिममा महिलालाई आत्मरक्षा र आत्म विश्वासका लागि विभिन्न सेल्फ डिफेन्सका टेक्निकहरु सिकाउनुका साथै आत्मविश्वासका लागि वैचारिक ज्ञान पनि दिइने विद्यार्थी परिषद्का राष्ट्रिय सचिव एवं ३ नम्बर प्रदेश संगठन सचिव छितराज न्यौपानेले जनकारी गराउनु भयो । उनीहरुलाई शारीरिक प्रशिक्षण प्रशिक्षक गोजिरियो कराते एसोएिसनका केन्द्री्रय कोषाध्यक्ष सानोकाजी नगरकोटीले प्रशिक्षण दिनुहुनेछ ।

तीन दिन सम्म प्रशिक्षित छात्राहरुले राजधानीका २०० भन्दा बढी विद्यालयका कक्षा ८ देखि १२ सम्मका ७ हजार भन्दा बढी छात्राहरुलाई पुन प्रशिक्षण दिनेछन् । विद्यार्थी परिषद्ले यसअघि गैडाकोट भैरहवा लगायतका स्थानमा मिसन साहसी सम्पन्न गरिसकेको छ भने वीरगञ्ज पोखरा चितवन लगायतका स्थानमा जारी रहेको जनाइएको छ ।

पछिल्लो समय बढदै गइरहेको महिला हिंसा, बलात्कार हत्या,यौन–दुव्र्यवहार जस्ता घटनाहरुको न्युनिकरणको पहलस्वरुप विद्यार्थी परिषद्ले मिसन साहसी अभियान सञ्चालन गरेको विद्यार्थी परिषद्को राष्ट्रिय छात्रा प्रमुख एव अभियान संयोजन समितिको संयोजक भगवती श्रेष्ठले जानकारी दिनुभयो ।

छात्रा प्रमुख श्रेष्ठले छात्राहरु आफैमा सबल सक्षम भए पनि आत्म–विश्वासको कमीका कारण आत्मरक्षा गर्न नसकिरहेको अवस्थामा यस कार्यक्रम सार्थक भएको उल्लेख गर्नुभयो ।

यस्तै सोही कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थी परिषद्को राष्ट्रिय सचिव छितराज न्यौपानेले देशमा बढदो विकृति विसङगतिका कारण पनि महिलामाथि हिंसा हुने गरेको जनाउदै यसलाई न्युनिकरण गर्न र सचेत रहनु पर्नेमा जोड दिनुभयो।

सचिव न्यौपानेले महिलाहरुलाई आफू माथि भएको हिंसा सहेर नबस्न र अरु माथि भएका अत्याचार र हिंसाको पनि खुलेर प्रतिरोध गर्न आग्रह गर्नु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्