मुख्य समाचार

विभिन्न जिल्लामा हालसम्म ९१ जनाको मृत्यु

By थाहा अनलाइन

August 15, 2017

सैघाली खबर काठमाडौँ, ३१ साउन । अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा हालसम्म ९१ जनाको मृत्यु भएको जनाएको छ ।बाढीपहिरो र डुबानमा परेर २५ घाइते, ३८ जना बेपत्ता र दुई हजार ८४७ घर पूर्ण क्षति भएको गहमन्त्रालयले जनाएको छ । देशका विभिन्न जिल्लामा भएका बाढीपहिरो र डुबानका घटनाबाट ठूलो सङ्ख्यामा जनधनको क्षति हुनुका साथै जनजीवनसमेत प्रभावित हुन पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार तीन हजार ७२७ पूर्वाधार संरचनाको क्षति भएको छ । बाढीपहिरो र डुबानबाट पीडितहरूको खोज, उद्धार गरी राहत वितरण गर्ने कार्यलाई सरकारले तीव्रता दिएको जनाउँदै त्यस कार्यका लागि सुरक्षाकर्मीसमेत २६ हजार ७०० भन्दा बढी जनशक्ति प्रत्यक्षरुपमा प्रभावित क्षेत्रमा खटिएको छ ।