लक्की शेर्पाले राजदुत पदबाट दिइन राजिनामा



अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले अन्तत राजीनामा दिएकी छन्। बिहिबार अष्ट्रेलियाबाट स्वदेश फर्किएकी शेर्पाले एक वक्तव्य जारी गर्दै राजीनामा दिएको बताएकी हुन् ।

राजीनामा पत्रमा उनले भनेकी छिन् ‘मैले कुनै पदको लागि भन्दा पनि देश र जनताको लागि अहोरात्र खटिएर सेवा गर्दै यो पदमा रहेको हुनाले देश र जनताको हितमा अनबरत र अबिचलित रुपमा एकाग्रताको साथ लागिरहने बाचा गर्दै पदभन्दा आफ्नो मानप्रतिष्ठा र ईज्जतलाई सर्बोपरी ठानी मैले आफ्नो नैतिकताको आधारमा राजीनामा नेपाल सरकार समक्ष पेश गरेको छु ।’

त्यस्तै उनले आफूमाथि लागेको चरित्रहत्याको न्याय कहिले र कस्ले दिने ? भन्दै प्रश्न उठाएकी छिन् । उनले भनेकी छिन्,‘न्यायिक फैसला होस्, सत्य नमरोस्, त्यसैका लागि मैले बाटो खुला गरेको हुँ ।’

उनीमाथि अस्ट्रेलिया पठाउने भनेर ठगी गरेको आरोप लागेको थियो । सिआइबीबाट पक्राउ परेकी एक महिलाले राजदूत शेर्पासँगै मिलेर आफूले पैसा उठाएको बयान दिएपछि उनी अनुसन्धानको दायरामा तानिएकी थिइन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्