काठमाण्डौ । नेपाली चलचित्रमा नयाँ अनुहारहरु भित्रँदै गर्दा नेपाली कलाकारहरुले आफ्नो स्थान सुरक्षित गर्न निक्कै कडा मेहनत गर्नुपर्ने देखिएको छ । नेपाली चलचित्रहरु पनि दर्शकहरुको चाहना अनुरुप बन्नु पर्ने देखिन्छ । कथा एकातिर अनि कला अर्काे तिर भईदिनाले चलचित्र हेर्ने दर्शकहरुमा निराशा पैदा हुने गर्दछ ।
हाल आएर केहि मात्रामा भएपनि नेपाली चलचित्रले केहि हदसम्म राम्रो बजार लिन थालेको छ । नेपालबाट कलाकारिता सिक्न भारत तर्फ लागेकी सभ्यता गिरी अहिले नेपाली चलचित्र ‘यो मायाँ कस्तो मायाँ’मा अभिनय गरेर बसेकी छिन ।
एक्टिङमा ग्राजुएट गरेकी सभ्यता बाल्यकालबाटै फिल्म लाईनमा जाने इच्छा भएको खुलासा गर्छिन् । उनलाई गीत संगीतमा रुची हुनुका साथै डान्स पनि खुब मन पथ्र्यो । स्कुलमा हुने यस्ता खालका गतिविधिहरुमा उनले सधै भाग लिने गरेकी थिइन् ।
१६–१७ बर्षको उमेरमै उनलाई एउटा विज्ञापनका लागि अफर अएको र त्यो विज्ञापन खेलेपछि निरन्तर यसै क्षेत्रमा काम गर्ने रहर जागेको उनको भनाई छ । अहिले उनी नयाँ नयाँ कामहरु गरीरहेकी छिन् । दर्शकले मायाँ गरेर यो क्षेत्रमा राम्रो भयो भने आफ्नो देशमै बस्ने उनको सोचाई छ ।
हिन्दी सिरियलमा अभिनय गरिसकेकी सभ्यताले बलिउड एउटा ठुलो प्लेटफर्म मात्र नभएर बिश्वब्यापी उद्योगको रुपमा परिचित भएको जनाएकी छिन् । उनी भन्छिन्–‘बलिउड र कलिउडको बीच धेरै भिन्नता भए पनि यो दुबै ईण्डष्ट्री आ–आफ्नै तरिकाले चलिरहेको छ तथापि मलाई दुबै मन पर्छ ।’
‘यो मायाँ कस्तो मायाँ’ चलचित्रको बारेमा यस्तो भन्छिन सभ्यता
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा भित्रिएका नयाँ कलाकारहरुको पारिश्रमिकको कुराले बजार नै तताएको छ । यो मामिलामा सभ्यताको पनि उस्तै छ चर्चा, महंगो पारिश्रमिक लिएको भन्ने हल्लाबाट उनी अछुतो छैनन् । यस विषयमा उनले यसो भनेकी छिन्– ‘मलाई यो चलचित्रको कथाबस्तु धेरै मन परेकोले मैले यो चलचित्र गरेकी हुँ । हो यस्मा मैले राम्रो पारिश्रमीक पाएकी छु।’
तर उनले कति लिएको हो त्यो चाहीँ खुलाएकी छैनन् । कलिउड र बलिउड दुबै तिर आफ्नो भविष्य सुरक्षित भएको उनको दाबी छ । त्यस्तै चलचित्र ‘यो मायाँ कस्तो मायाँ’को पहिलो गीत मनपराईदिनु भएकोमा सबै दर्शकहरुलाई हार्दिक धन्यबाद दिएकी छिन् । साथै यो चलचित्रबाट उनले दर्शकको धेरै मायाँ ममता र सहयोगको अपेक्षा पनि गरेको बताएकी छिन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।