समाजले म जस्तालाई दलितलाई कहिले मान्छेको रुपमा ग्रहण गर्छ?



म आफू छुवाछूत र बिभेदको चर्को आलोचना र बिरोध गर्ने पनि त्यसकारणले  चुके।

अन्तरजातीय बिवाहाको मार खेपी रहेको मेरो परिवार कतै बिस्ताबित नै त भएको होइन भनी रहेको परिपेक्षमा समाजमा किन र के कारणले छुवाछूत र विभेद छ त्यो कुरा बुझ्नु पर्ने नै देखिन्छ, यसो भनिरहदा,मेरो एउटै मात्रै भर्खरैको उदाहरण छ,म आफू मानव जन्य अपराध छुवाछूत र बिभेदको चर्को आलोचना र बिरोध गर्ने म, चुकेको छु,म अब केही बोल्न न सक्ने भएको छु,

हिजो अस्ति मात्रै मेरो छोरीको बिवाहामा खोज्दा जजमानको लागि पुरेत बाहुन,पण्डित भेटिन,म असामाजिक मानिस त होईन, बन्न पनि छाएको पनि  छैन त्यही समाजमा सबै जना संङ मिलेर जिऊन नै चहान्थे र चहान्छु,समाजले अलग्याउला कि भन्ने डर र ईस्ट मित्र,साथिभाई,छरछिमेक गाउँ, टोल,समाज ले मलाई अल्ग्याउला कि भन्ने डरले सताई रहन्छ र म आफु जुन समाजमा हुर्के,बढे,थोरै भए पनि पढे,समाजको माया पाए, अनन्त गरिबि,अभाव र पछौटेपनले सधै पछि परेता पनि समाज संङ अलगिएर बस्न सकेको छुईन र सक्दिन पनि !

यसो भनी रहदा उक्त शुभ कार्यमा निम्तो गरेका कोहि न आई देलान कि भनेर बिवाहा भोजको भान्सा गैर दलितलाई सुम्पे! ठिक गरे गरिन मलाई चै थाहै छैन,तर समाजमा म र म जस्ताको मानवीय अस्तित्व छै न रहेछ भन्ने बिभेदको आत्माग्लानिले सधै पोलि रहेको भने छ?आखिर समाजले म र म जस्तालाई कहिले मान्छेको रुपमा ग्रहण गर्छ?त्यो भने हेर्न बाकी नै छ।

जनक महरा ;;लेखक ; संजाल मलेशियाका अध्यक्ष  ,

एकता संजाल नेपाल ,अन्तरास्तिय समन्वय समितिका सदस्य तथा युवा सयोजक हुन् 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्