यौन सन्तुष्ट नभएको भन्दै छिमेकी छिमेकी महिलाबिच एक रातलाई श्रीमान नै साटासाट



केन्ट । यौनमा आनन्द भएन भने त्यो स्वार्थपूर्तिका लागि गरिने शारीरिक क्रियाकलापमात्र हो । यौनमा पुरुष र महिला दुवैको उत्तिकै सहभागिता हुनुपर्छ । दुवैले यौन सम्पर्कका बेला यौन आनन्द प्राप्त गर्नु आवश्यक छ ।

एकजनाले मात्र सन्तुष्ट हुनलाई सम्भोग भनिँदैन । सम्भोगको अर्थ भनेकै दुवैले समान रूपमा भोग्ने वा यौनको आनन्द पाउनु भन्ने हो । त्यस्तै इङल्याण्डकी एक महिलाले छिमेकी महिलासँग मिलेर श्रीमान साटेको कुरा अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ ।

ती दुई महिलाले एक रातको लागि एक अर्काका श्रीमान साटेका थिए । तर, अहिले ४० वर्षपछि ती महिलाले त्यो आफ्नो जीवनकै सबैभन्दा ठूलो गल्ती भएको बताएकी छिन् ।

ती महिलाका अनुसार उनले एक किताबबाट यो आइडिया पाएकी थिइन् । तर, यो आइडियाले उनको जन्दगी बर्बाद गरिदियो । अहिले यो घटना भएको ५० वर्ष बितिसकेको छ तर पनि महिलालाई आफ्नो पुरानो कामप्रति ठूलो पछुतो छ । उनले यो कुरा हालै लेखिएको एक किताबमा उल्लेख गरेकी छिन् ।

इङल्याण्डको केन्टमा बस्ने ७८ वर्षकी केय मोरियार्टीले हालै एक किताबमा खुलासा गरेकी छिन् कि ७० को दशकमा उनले गरेको एक गल्तीले कसरी उनको जिन्दगी बर्बाद गरिदियो ।

त्यतिबेला केय आफ्ना श्रीमान रोबर्ट र दुई सन्तानका साथमा इङल्याण्डको साउथ कोस्टमा बस्थिन् । यी दुईको बिहे हुँदा केय १९ वर्षकी र रोबर्ट २३ वर्षका थिए । केयका अनुसार त्यतिबेला उनले एक किताब पढेकी थिइन् जसमा एक रातको लागि पति साट्ने बारेमा उल्लेख थियो । उनको यौनजीवन त्यतिबेला राम्रो थिएन त्यसैले उनलाई यो आइडिया निकै मन पर्यो ।

त्यसपछि उनले त्यो किताब छिमेककी अर्की महिला रीटालाई पढ्न दिइन् । रीटा पनि उनको कुरामा सहमत भइन् । त्यसपछि ती दुईले तय गरे कि आ–आफ्ना पतिलाई यो कुराको लागि मनाउनेछन् । जब दुवैका पतिले यो कुरा थाहा पाए, रोबर्ट त सुरुमा यो कुराको लागि तयार नै भएनन् तर पछि माने । पतिलाई तयार गरेपछि दुवै परिवारले २ हप्ताको लागि एकसाथ विदामा जाने योजना बनाए । दुई हप्ताको लामो विदाको क्रममा दुवै जोडी अलग अलग पार्टनरसँग रहे । यस क्रममा त्यहाँ केय र रीटाका पति टेरी एकसाथ थिए । रोबर्ट र रीटा एकसाथ रहे । जब एक जोटी बच्चाहरुको हेरचाहको लागि रोकिन्थ्यो अर्को जोडी साथ समय बिताउनको लागि बाहिर निस्कन्थे ।

दुई हप्ताको विदाको क्रममा दुवै महिलाले २ रातको लागि एक अर्काका पति साटे । त्यसपछि दुवै जोडी घर फर्किए । तर, घर फर्किंदासम्म सबथोक बदलिइसकेको थियो । घर आएपछि रीटा र रोबर्टले आफूहरु छुट्टै गृहस्थी बसाउने भने र सबै ४ बच्चाहरु आफुहरुसँगै बस्ने बताए । यो कुरा सुनेपछि केयलाई निकै ठूलो झट्का लाग्यो । उनले बुझ्न सकेकी थिइनन् कि यो के भइरहेको छ । विवश केय र टेरीले पनि साथमा जीवन बिताउने निर्णय गरे । छोराछोरीको बारेमा विवाद भएपछि अन्ततः केयकी कान्छी छोरी रशेल र टेरीकी कान्छी छोरी उनीहरुसँग बस्ने भए ।

त्यसपछि रोबर्ट र रीटा उत्तर पूर्वी इङल्याण्डमा गएर बस्न थाले । केय र टेरी दक्षिणी तटीय क्षेत्रमा गएर बस्न थाले । केयका अनुसार टेरी निकै रिसाहा थिए । यही कारण उनीहरुबीच हरेक कुरालाई लिएर निकै बहस हुन्थ्यो । ७ वर्षसम्म साथमा रहेपछि केय र टरीले हार माने र सम्बन्धविच्छेद गरे । त्यसपछि केयले छोरी रशेलसँग जिन्दगी बिताउन सुरु गरिन् । केयका अनुसार त्योघटनापछि उनको आफ्ना छोरा र रशेलको आफ्ना पितासँग कहिल्यै सम्पर्क भएन ।

अहिले केयको उमेर ७८ वर्ष भएको छ तर अझै पनि उनी यो दुखद् घटनाबारे नै सोचिरहन्छिन् । उनका अनुसार उनी रोबर्टसँग प्रेम गर्दिनथिन् तर पनि उनीहरुले सन्तानको लागि एउटा प्यारो घर बनाएका थिए । तर, त्यो एक घटनाले रशेललाई आफ्ना दाजुबाट अलग गरिदियो र पितासँग उनको नातालाई बर्बाद गरिदियो । केयले यी सबै अनुभवलाई एउटा किताबमा लेखेकी छिन् । हालै प्रकाशित किताबको नाम ‘द हस्बेण्ड नेक्स्ट डोर’ हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्