वन संरक्षणमा समुदायको भुमिका महत्त्वपूर्ण हुन्छ – प्रदेश सांसद चौधरी



ओमप्रकाश गुप्ता,
गढवा । प्रदेश नम्बर ५ का सांसद इन्द्रजित चौधरीले वन संरक्षणमा समुदायको भुमिका महत्त्वपूर्ण हुने बताएका छन् । कुलपानी सामुदायिक वन उपभोक्त समुह गढवा गाउँपालिका १ बड्हराको २५ औँ वार्षिक साधारणसभाको बुधबार बड्हरामा उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

प्रमुख अतिथि समेत रहेका सांसद चौधरीले प्रदेश ५ मा ४७ प्रतिशत वन रहेकोले प्रदेश सरकारले वन र कृषिमा बढी लगानी लगाएको बताए । त्यस्तै पुर्व सांसद रश्मीराज नेपालीले वैज्ञानिक वन बनाउने नाममा सामुदायिक वनको नेतृत्व गर्ने व्यक्तिहरूलेनै वन सखाप पारिरहेको बताए । विशिष्ट अतिथि समेत रहेका नेपालीले वनमा विरूवा रोपेर मात्र नभई संरक्षण तर्फ उपभोक्ताले ध्यान दिनु पर्ने बताए ।

समुहका अध्यक्ष देवलाल यादवको अध्यक्षता एवम् प्रदेश सांसल इन्द्रजित चौधरीको प्रमुअ आतिथ्यतामामा भएको सभामा वार्षिक प्रगती प्रतिवेदन समुहका सचिव नवराज शर्मा र आर्थिक प्रतिवेदन कोषाध्यक्ष विष्णुमाया घिमिरे बस्यालले प्रस्तुत गरेका थिए ।

समुहका उपाध्यक्ष राकेश शर्माको स्वागत मन्तव्यबाट सुरू भएको सभामा राजमोका कार्यकारी अध्यक्ष तथा पुर्व सांसद रश्मीराज नेपाली , देउखुरी वन डिभिजन कार्यालयका प्रमुख शंकर गुप्ता , दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मञ्चका अध्यक्ष भानु जोशी,राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, जनशक्ति सामुदायिक वन उपभोक्त समुह वनघुस्रीका अध्यक्ष चित्रबहादुर महतरा,आधारभुत विद्यालय वनघुस्रीका प्रअ राजिराम यादव,राप्ती गाउँपालिका सामुदायिक वनका अध्यक्ष हरि भुसाल,सामुदायिक स्रोत व्यवस्थापन समितिका अध्यक्ष मिना गुरूङ,सुशासनका लागि नागरिक समाजका अध्यक्ष खगेश्वर शर्मा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सभामा जेष्ठ नागरिकलाई सम्मान र पुरस्कार वितरण समेत गरिएको थियोे । कार्यक्रमको सञ्चालन समुहका सचिव नवराज शर्माले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्