अध्यक्ष प्रचण्डले गरे समाचारको खण्डन



काठमाडौं– पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुएलाको राजनीतिक संकटको विषयमा अतिरञ्जित ढंगले समाचार आएको भन्दै आपत्ति जनाएका छन् । अध्यक्ष प्रचण्डको निजी सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै विषयलाई अतिरञ्जित ढंगले तोडमरोड गरी भ्रम सृजना गर्ने गरी  विभिन्न सञ्चारमाध्यमहरुमा समाचार आएको भन्दै  गम्भीर ध्यानाकषर्ण भएको जनाएको हो ।

सचिवालयद्वारा जारी विज्ञप्तिमा  अध्यक्ष प्रचण्ड र नेपाल सरकारद्वारा जारी वक्तव्यनै आधिकारिक भएको दाबी गरिएको छ । विज्ञप्तिमा यस्ता खालका भ्रामक र कपोकल्पित समाचारको पछि नलाग्न समेत सबैमा आग्रह गरिएको छ । अध्यक्ष प्रचण्डले केही दिनअघि भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको समर्थन गर्दै विज्ञप्ति जारी गरेका थिए ।

भेनेजुएलामा अहिले विपक्षी नेता हुँवा गुइएदोको नेतृत्वमा राष्ट्रपति मदुरोका विरुद्ध देशव्यापी प्रदर्शन भैरहेका छन् । विपक्षीहरुले त्यहाँ गुइएदोलाई सडकबाटै राष्ट्रपति समेत घोषणा गरेका छन् । त्यहाँको राजनीतिक संकटका विषयमा विश्वनै धुर्वीकृत हुँदै गएको छ । राष्ट्रपति मदुरोलाई चीन, रुस लगायतका राष्ट्रहरुले समर्थन गरेका छन् भने विपक्षी नेत गुइएदोलाई अमेरिका र केही युरोपियन मुलुकहरुले समर्थन गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्