काठमाडौंमा विशेष अप्रेसनपछि चोरहरू पक्राउ



काठमाडौं, काठमाडौंका विभिन्न स्थानमा चोरी गर्ने एक सय २७ लाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

महिना दिनयता प्रहरीले सुरु गरेको विशेष अप्रेसनपछि पक्राउ परेका उनीहरूमध्ये ३ महिला र २१ पुरुष पुर्पक्षका लागि जेल चलान गरिएका छन् । दुई महिला र १८ पुरुष धरौटीमा छुटेका छन् ।

बाँकी ८३ जनाको भने हिरासतमै थप अनुसन्धान भइरहेको छ । प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले पक्राउमध्ये केही भारतीयमूलका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका मध्ये अधिकांश दिउँसोको समयमा चोरी गर्नेहरू छन् । एकान्त घर तथा सुनसान अवस्थाका घर उनीहरूको पहिलो निशानमा रहने प्रहरीको भनाइ छ ।

महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले भने, ‘विशेष गरी दिउँसो हुने चोरीका घटना बढेका छन् । एकान्त स्थानका सुनसान घरमा धेरै चोरी हुने गरेको पाइयो । उजुरी बढेपछि हामीले संयुक्त रूपमा अनुसन्धान ग(यौँ । यही क्रममा उनीहरू पक्राउ परे ।’

प्रहरीका अनुसार उनीहरूले विशेष गरी तत्काल नगदमा बदल्न सकिने सामग्री चोरीको पहिलो निशाना बनाउने गरेको पाइएको छ । सोही कारण टेलिभिजन, मोबाइल, सुन र चाँदीका गहना चोरी हुने गरेको प्रहरीले बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्