विवाहित युवतीको शव रहस्यमय अवस्थामा फेला



बुटवल,  गुल्मी जिल्लामा एक विवाहित युवतीको शव रहस्यमय अवस्थामा फेला परेको छ ।

रुरु गाउँपालिका – ४ बलेटक्सार रानीवासस्थित विक्रम सुनारकी १८ वर्षीया श्रीमती रक्षा सुनारको उनकै घरमा रहेको आकाशे पानी संकलन गर्ने ट्याङकीमा रहस्यमय अवस्थामा शव फेला परेको हो ।

अर्घाखाँचीको पाडेनी गाउँपालिका – ५ मैदानस्थित उनका माइतीजनले रक्षाको परिवारकै सदस्यबाट हत्या भएको आशंका गरेका छन् ।

बिहीबार साँझ मात्रै छोरी रक्षाले फोन गरेर बाबा मलाई लिन आउनुस् म यहाँ बस्न सक्ने अवस्था भएन भनेर भनेको उनका पिता पर्शुराम सुनारले बताए ।

रक्षाले सन्धीखर्कमा रहेकी दिदी रोखा सुनारलाई समेत रुँदै फोन गरेर आफूलाई घरमा गालीगलौज गरेर बस्न नसक्ने भएँ भन्दै फोन गरेको परिवारजनले बतायो ।

उनले हिजै साँझ आफ्नी आमालाई पनि फोन गरेर आफ्नो अवस्था बताउँदै बाबालाई लिन पठाइदिनुस् भनेको सुनार परिवारले जानकारी दिए ।

बाबु गोपीकाअनुसार गत बर्ष मंसिर २९ गते रक्षाको विक्रमसँग मन्दिरमा विवाह भएको थियो । दुवै परिवारबीच विधिवत् विवाह गरिएपनि ढोग–भेटा भने गरिएको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्