गाँजा तस्कर र सशस्त्र प्रहरीबीच झडप



काठमाडौं : सप्तरीकाे हनुमाननगर कंकालिनी नगरपालिका गाँजा तस्कर र सशस्त्र प्रहरीबीच झडप भएको छ। भारत निकासी हुँदै गरेको गाँजा नियन्त्रण गर्न पुगेको सशस्त्र प्रहरी र तस्करहरूबीच गएराति गोबरगाडामा झडप भएको हो।

प्रहरी टोलीलाई देखेर तस्करले दुई राउन्ड गोली चलाएपछि प्रहरीले पनि एक राउन्ड हवाई फायर गरेर तीन जना गाँजा तस्करलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल सप्तरीका एसपी खेमबहादुर थापाले बताए।

तस्कर सहित करिब ४० केजी गाँजा नियन्त्रणमा लिएको थापाले जनाए। भारत निकासी हुँदै गरेको गाँजासहित भारतको सुपौल घर भएका ६५ वर्षीय उदय मुखिया, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ का ५६ वर्षीय हिरा मुखिया र ४५ वर्षीय लालबहादुर राय पक्राउ परेका हुन्। घटनामा संलग्न अन्य व्यक्ति फरार रहेका छन् । नियन्त्रणमा लिइएको गाँजा र तस्करलाई नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्