चिकित्सकद्वारा आन्दोलनका कार्यक्रम फिर्ता



काठमाडौं–नेपाल चिकित्सक संघले पूर्वघोषित विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको जनाएको छ ।

डा गोविन्द केसीले शुक्रबार अनसन कार्यक्रम स्थगन गरेसँगै संघले पनि केसीको समर्थनमा गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।

संघका महासचिव डा लोचन कार्कीले शनिबार एक विज्ञप्ति जारी गर्दै  आफूहरुबाट भएको बिरोध कार्यक्रमबाट बिरामी, बिरामीका आफन्त, आम सर्वसाधारणहरुमा पर्न गएको असुविधाप्रति क्षमायाचना मागेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्