बिहे भएको १ घण्टामै डिभोर्स !



अहमदाबाद। अहिले विवाहमा दिन प्रतिदिन मुस्किल बढ्दै गइरहेको छ। ससाना कुरामा पनि रिसाएर पति पत्नीले आफ्नो सम्बन्धलाई अन्त्य गर्छन। त्यस्तै दाइजो नपाएर पनि धेरै विवाहहरु टुट्ने गर्छन। तर केहि समय पहिले गुजरातको अहमदाबाद भन्ने ठाउँमा अचम्म तरिकाले विवाह टुटेको छ।

विवाहको मण्डपमा सात फेरे लिएपछि बेहुला बेहुली खाना खान गए।  त्यहाँ केहि कुरालाई लिएर दुवै पक्षबीच झगडा सुरु भयो।  सो झगडा यति सम्म बढ्यो कि विवाहको एक घन्टामै डिभोर्स भयो।

 

मुम्बई मिररको खबर अनुसार अहमदाबादमा धुमधामसंग बिहे भईरहेको थियो। सबै परिवार त्यहि उपस्थित थिए।  विवाह सम्पन्न भएपछी बेहुला बेहुली आफ्ना परिवार संग खाना खान  गए। त्यहाँ कुनै कुरालाई लिएर विवाद सुरु भयो। हेर्दा हेर्दै विवाद यति बढ्यो कि दुवै पक्षका मानिसहरुले एक अर्का माथि भाँडाले हान्न थाले। त्यहाँ भएका केहि मानिसहरुलाई सामान्य चोट पनि लाग्यो।

त्यहाँ भएका केहि मानिसहरुले पुलिसलाई फोन गरे। पुलिस आएर दुवै पक्षलाइ शान्त गराए र झगडाको कारण सोधे। केहि समय पछि दुवै पक्षले बेहुला बेहलीको डिभोर्स माग्न थाले।  विवाहको मण्डपमै उनीहरुले आआफ्नो वकिल बोलाए र ति दुइको डिभोर्स गराए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्