गायक सशान कंडेलको नयाँ गीत ‘मेरो बच्पन’ सार्वजनिक (भिडियो सहित)



चर्चित निर्देशक तथा गायक सशान कंडेलको आवाजमा रहेको बिल्कुलै फरक किसिमको नयाँ गीत ‘मेरो बच्पन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

निकै नै उत्कृष्ट शब्द अनि संगीत र आवाजमा सजिएको यस गीतमा सम्योग गुरागाइ र सशानको शब्द रहेको छ भने गीतमा गायक सशान कंडेलक संगीत सिर्जना रहेको र यस गीतमा मोहित मुनालको एरेन्ज रहेको छ ।

यस गीतको म्युजिक भिडियोमा बालापनको याद दिलाउने पलहरुलाई प्रस्तुत् गरि निकै उत्कृष्ट तरिकाले निर्देशन गरेका छन् । बुद्ध थापा, ओम प्रसाइ र सुलव अधिकारिको छायांकन रहेको यस गीतलाई बिकास दाहालले सम्पादन गरेका हुन भने गीतको म्युजिक भिडियोलाइ गायक सशान कंडेलको नै रहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्