सरकारी फोहर उखेर्दै घोराही उपमहानगरपालिका



गोबिन्द खड्का
घोराही ।
व्यवारीसे बन्दै आएको सरकारी कार्यालय क्षेत्रको फोहर घोराही उपमहानगरपालिकाले विहिबार देखि उखेर्न शुरु गरेको छ । ज्यालादारी मान्छे लगाएर तुलसीपुर चोक देखि फोहर उठाउन थालेको हो ।

पहिलो दिन विद्युत, कृषि, हुलाक हुँदै कृषि सामग्री सम्म फोहर संकलन गरी चाङ लगाउने काम भएको छ । टोलिले नालामा थिग्रीएको फोहर पनि निकालेको छ । शिसा, प्लाष्टिकका बोतल, प्लाष्टिक जन्य फोहर लगाएत अनेक थरीका फोहरहरु नालाबाट निकालीएको छ । सडक क्षेत्रमा रहेका भोला, शुद्धप्लस, पसलहरुले उडाएका प्लाष्टिकहरु संकलन गरीएको छ ।

सबै भन्दा धेरै पानी खाएका बोतल फोहोरका थुप्रामा देखिन्छन् । कृषि सामग्री नजिकको चोकमा बोतलको ठुलै चाङ छ । यसले सभ्य मान्छेहरुको असभ्य व्यवहार रहेको पुष्टि गर्छ । स्वस्थ रहन पानी किनेर खाने सचेतहरु वोतल फ्याँकेर वातावरणलाई प्रदुशित बनाउँछन् । त्यसरी जथाभावि फोहोर फाल्नेहरु अचेत हुन वा मुर्ख ? गम्भिर प्रश्न जन्माएका छन् ।

त्यसमा पनि सरकारी कार्यालय वरपर बढि भेटिएको छ । कार्यालय तथा टाठा बाठा सेवाग्राही नै त्यसका दोषि हुन् । उनिहरुलाई सुधार्न पनि सफा गर्न लागेको बताईएको छ

यसैगरी भोला, शुद्धप्लसका खोस्टाहरु पनि फोहरका चाङमा देखिन्छन् । यो पनि अधिकांश पढलेखेकाले तथा जाने बुझेकाले निकालेको फोहर हो ।

 

यसरी एकथरी सभ्यहरुले हुत्याएको फोहर अर्कोथरी सर्वसाधारणले रोजी राटीका लागि उखेरीरहेका छन् । सौखका लागि खानेहरुले फ्याँकेको फोहर दिनभरी काम गर्ने, सरसफाइ गर्ने समय नपाउने, नुहाउने धुने फुर्सद नभएकाले फोहोर खेर्दै छन् । सुकिला मुकिलाले बिगारेको सर्वसाधारण बनाउँदैछन् ।

केहि कामदारहरुले चप्पल लगाएका थिए । तिनले नाक मुखमा जान बाट धुलो र गन्ध छल्ने बर्कोले छोपेका देखिन्थे । च्यातिएका थोत्रा पञ्जा हातमा पहिरिएका थिए ।

कोहि नालामा डुबेर त कति सडक क्षेत्र बढारेर काम गरे । उनिहरुले घोराही १५ को सरकारी कार्यालय क्षेत्रको सडक विहिवार सफा गरे । त्यहि सडकमा सरसफाइ अभियानका नाममा कैयाँेै पटक माष्क लगाएर, हातमा पञ्जा पहिरिएर सभ्य तरीकाले झाडु चलाउँछन् ।

कामको अबस्था हेर्नपुगेका घोराही उपमहानगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक एवं घोराही १४ का अध्यक्ष शक्तिराम डाँगिले जुत्ता र पञ्जाको व्यवस्था तत्कालै गरीने आश्वासन दिनुभयो । मजदुरको सुरक्षामा बढि ध्यान दिनुपर्छ भन्दै डाँगिले भोलि व्यवस्थागर्न कर्मचारीलाई फोन बाटै निर्देशन दिनुभएको थियो ।

साथै काम गरीरहेका व्यक्तिहरुलाई घाउ चोट पटक नलाग्ने गरी होशियारी अपनाउन सुझाव दिनुभयो । शिशाका टुक्रा विझ्ने, शिशाका कप्टेराले काट्ने लगाएतका खतरा छन् । पोको पारेर फालेका सडेगलेका फोहोरले संक्रामक रोग लाग्ने खतरा रहन सक्ने जोखिम छ ।

कतै बाट गुणासो तथा रिपोर्ट नआउने सफा पनि नहुने समस्या देखिएपछि उपमहानगर पालिकाले सरकारी कार्यालय क्षेत्र सफा गर्ने कदम उठाएको जनाएको छ ।

यसरी जिम्मेवारी नलिने हो भने सबैतिर बाट आलोचना हुने दुर्गन्धित क्षेत्रमा सरकारी कार्यालय पर्ने सम्भावना प्रवल छ । आलोचनाबाट जोगिन पनि उपमहानगरपालिका सरसफाईमा आफै कस्सिएको देखिन्छ ।

एक पटक मात्रै कि पटक पटक यसरीनै बढारीदिने हो ? भनि सोधिएको प्रश्नकोे जवाफमा संयोजक डाँगिले भन्नुभयो łसफा भईसकेको आफ्नो अगाडिको सडक क्षेत्र सरकारी कार्यालयले सम्हाल्नुपर्छ उहाँले थप्नुभयो, łपछिका दिनको जिम्मेवारी र जवाफ देहि सम्वन्धित कार्यालय हुन्छ ।

उहाँका अनुसार नागरीकले तिरेको कर विकास खर्चमा लगाउने हो, फोहर फाल्दै बढार्दै गरेर बजेट रित्तयाउने क्रम अब टुंगीनु पर्छ ।
सरकारी कार्यालयलाई क्वार्टरको रुपमा उपयोग गर्ने धेरै कर्मचारी छन् । उनिहरुले साँझ र विहान मात्रै कार्यालय परिसरको फोहर टिप्ने हो भने कुनै सफा सुग्घर राख्न कुनै अफ्ठेरो छैन ।

जहाँ बसिन्छ त्यसलाई घर सम्झिनुपर्छ । घर वरपर सफा गर्न कुनै पद प्रतिष्ठाले रोक्दैन । वरपरको फोहर हाकिम र तिनका परीवारले टिपे पनि ईज्जत जाँदैन, पद घट्दैन र मर्यादामा कुनैपनि किसिमको नकारात्मक असर पार्दैन ।

बरु सफा सुन्दर कार्यालय भनेर दिनभरी हिड्नेले प्रशंसा गर्छन् । सेवा ग्राहीले सिकेर आफ्नो घर तथा बस्तिमा लैजान्छन् । त्यसैले शाखाले अभियान चलाएको संयोजक डाँगिले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्