गाडीमा आगजनी गर्ने नेविसंघका ५ कार्यकर्ता पक्राउ



काठमाडौं । पोखरा महानगरपालिकाको गाडीमा आगजनी गर्ने नेविसंघका ५ कार्यकर्ता पक्राउ गरेका छन् । नेविसंघले शनिबार विहान महानगरको बा १ झ ५८७९ नम्बरको गाडीमा पोखरा ७ मासबारमास्थित घरेलु कार्यालय नजिक आगजनी गरेको थियो ।

पक्राउ पर्नेमा नेविसंघ कास्कीका पूर्व सभापति लक्ष्मी पौडेल, नेता परशुराम बस्नेत, पोखरा विश्वविद्यालयका पूर्व सभापति राजेन्द्र बराल, नेता डिफान भुजेल र ला–ग्राण्डी कलेजका नेविसंघ सभापति बिनय पौडेल छन् ।

नेविसंघले बिदाको दिन सरकारी गाडीको दुरुपयोग रोक्न देशैभर सरकारी गाडी रोक्ने अभियान चलाएको थियो । बिदाको दिन सरकारी गाडी चलाएको भेटिएकाले जलाइएको नेवि संघ कास्कीका नेता सरोज केसीले बताए ।

महानगरका सूचना अधिकारी गंगालाल सुवेदीका अनुसार स्वास्थ्य महाशाखामा करारमा कर्मचारी नियुक्ति गर्न शनिबार लिखित परीक्षा थियो । त्यसको तयारीका लागि शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यलाई लिन उनको निवास मासवार गएको गाडीमा आगजनी भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्