विजय थापाको पनि अनसन तोडियो



काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीविरुद्ध अनसन बसेको विजय थापाले अनसन तोडेका छन् ।चिकित्सा शिक्षा विधयेक हुबहु पारित हुनु पर्ने माग राखेर अनसन बसेका थापाले २३ दिनपछि शनिबार अनसन तोडेका हुन् ।

अस्पतालमा ३ वर्षीया अकिया नगरकोटी र ५५ वर्षीय बेचेन यादवबाट जुस पिएर उनले अनसन तोडेको जनाइएको छ । यद्यपी, उनलाई केही दिन अस्पतालमै राखिनेछ ।

स्वास्थ्य अवस्था जटिल भएकाले उनलाई उपचारका लागि केहीदिन अस्पताल राखिने भएको हो । थापाले डा. गोविन्द केसी र सरकारबीच भएको सम्झौता खारेज हुनुपर्ने माग पनि राखेका थिए । केसीको विरोधमा अनसन बसेका कारण सत्तापक्ष, नेकपा वा सम्बन्धनको पर्खाइमा बसेका मेडिकल कलेजबाट थापा परिचालित भएको हुनसक्ने आशंका गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्