प्रधानमन्त्री कार्यालयका सचिवको गाडी नेविसंघको कब्जामा



काठमाडौं । नेपाल विद्यार्थी संघका नेता–कार्यकर्ताले प्रधानमन्त्री कार्यालयका सचिव सवार गाडीको चाबी नियन्त्रणमा लिएका छन् । शनिबार राजधानीको लाजिम्पाटबाट नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले निकटका केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, गणेश सापकोटा, सुवास घिमिरे, सन्तोस गुरुङ, सुशान्त आचार्य र सुवोध ओलीलगायतका नेविसंघका नेता कार्यकर्ताको टोलीले प्रधानमन्त्री कार्यालयका सचिव शिशिर कुमार ढुंगाना सवार गाडीको चाबी नियन्त्रणमा लिएका हुन् ।

शनिबार बिदाका दिन पनि गाडी चलाइएको भन्दै प्रढुंगाना चढेको बा१ झ ९९९५ नम्बरको गाडीको चाबी उनीहरुले खोसेका थिए । यस्तै मे १झ १५१ नम्बरको गाडीसहित अरु ५ वटा गाडीका चाबी पनि उनीहरुले नियन्त्रणका लिएका छन् । नेविसंघका केन्द्रीय सदस्य भट्टले शनिबार बिदाको दिन चलाइएका ७ वटा गाडीको चाबी नियन्त्रणमा लिइएको जानकारी दिए ।

उनका अनुसार साँझ गाडीको चाबी ट्राफिक प्रहरीलाई बुझाइने छ । आजै नेविसंघ कार्यकर्ताले गण्डकी प्रदेशको कास्कीमा एउटा सरकारी गाडी जलाएका थिए। संघले पूर्वघोषित आन्दोलन अनुसार शनिबार सरकारी गाडी चल्न नदिने निर्णय गरेको थियो ।
यो पनि पढ्नुहोस्
गाडीमा आगजनी गर्ने नेविसंघका ५ कार्यकर्ता पक्राउ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्