बालकले उत्सुकताले आफ्नै लिंगमा गरे यस्तो काम, सिधै अस्पताल भर्ना



एजेन्सी। बालबच्चाहरु सानोमा कुनै पनि नयाँ कुरा देख्ने बित्तिकै त्यसको बारेमा जान्न खोज्दछन्। कुनै कुरा नयाँ देख्नासाथ उनीहरुमा जिज्ञासा उत्पन्न हुन्छ। तर कहिलेकाही त्यही जिज्ञासा खतरामा परिणत हुन जान्छ।

यस्तै एउटा घटना चीनमा घटेको छ। चीनको वुहान शहरमा घटेको उक्त घटनाले सबैलाई चकित नै बनाएको छ। जिज्ञासाले भरिपूर्ण १२ वर्षीय बालकले मजाकैमजाकमा आफ्नो लिङ्गमा यस्तो चीज हाले जसले उसलाई सिधैं अस्पताल भर्ना गरायो।

वास्तवमा यी बालकले आफ्नो लिङ्गभित्र चुम्बकीय बल हालेका थिए जसले गर्दा उसको स्वास्थ्यमा समस्या आयो र अस्पताल भर्ना गुर्न पर्यो। उनको सामान्य प्रक्रियाबाट उपचार हुन सकेन। उसको लिङ्ग भित्र रहेको म्याग्नेटिक बल निकाल्न सर्जरी नै गर्नुपर्यो।

विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार १२ वर्षीय ती बालकले आफ्नो लिङ्गभित्र ३९ वटा चुम्बकीय बल हालेका थिए। अस्पताल पुगेपछि सुरुमा बालकले डाक्टरसँग झुटो बोले तर पछि उनको पुरै एक्सेरे गर्दा उनको लिङ्गभित्र ती बलहरु देखिएको हो। जुन देखेर डाक्टर पनि निकै चकित परे।

पछि डाक्टरले ती बलहरु अपरेशन गरेर निकाले। उक्त बलका कारण ती बालकको पिसाब जाने बाटोमा समस्या आएको थियो। अहिले यी बालकको अवस्था सामान्य छ र थप उपचारका लागि अस्पतालमै रहेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्