सरु सुनार , काठमाडौ नरहरिनाथ गाउपालिक – १ का ५७ बर्सिया डिल्ली कामिलाइ सोही ठाउकाअ ३२ बर्सिया चनबहादुर बिस्ट र २८ बर्सिय नरेन्द्र बिस्टले पुस १८ गते घरमा काम गर्न नआएको भन्दै बाटोमा डुम , कमार जस्ता जातीय विभेद गरि लाठी र मुक्काले कुटपिट , घाइते बनाउनुका साथै दात समेत भाचिदिएका थिए भने टाउको , छाती र आखामा गम्भीर चोट लागि पीडितले जिल्ला अस्पताल कालिकोटमा उपचार गराएका थिए ।
पीडित डिल्ली कामीले न्यायको माग राख्दै सदरमुकाममा पत्रकार सम्मेलन समेत गरेका थिए । पुस २३ गते जिल्ला प्रहरी कार्यलयमा जातीय भेदभाव , तथा छुवाछूत ऎन अनुसार जाहेरी दिएका थिए लगत्तै पिडक दुई चनबहादुर बिस्ट र नरेन्द्र बिस्टलाइ पक्डिएको थियोे । घटना लगत्तै सैघाली खबरबाट dsp बिनोद सर्मा संग घटनाको बारेमा जानकारी लिदा जातीय भेदभाव तथा छुवाछूत ऎन अनुसार नै कारवाही हुने आश्वासन दिनु भएको थियोे तर २०७५/९/२३ गते पक्डिए पनि २०७५/१०१७ गते दुबै जनालाई २५ हजारको दरले धरौटीमा छुटेको dsp बिनोद सर्मा ले जानकारी दिनु भयो ।
यता पीडित डिल्ली कामी भने उनिहरु धरौटीमा छुटेको थाहै थिएन हिजो मात्र अरुबाट सुने जिल्लाले हामीलाई कुनै जानकारी गराएन , आफू माथी यत्रो अन्याय हुँदा पनि २२,२३ दिनमा पिडकहरु छुटेको मा आफू चिन्तित र सबै दलित अधिकारकर्मि , सरोकारवालाहरुलाइ साथ सहयोग र आफू माथी जातीय विभेद र अपमान सगै दातै भाचिने गरि कुटाइ खाएकोमा आफुलाइ राहत हुने न्यायको लागि सहयोग गरिदिन अपिल गरेका छन् ।।
तर नेपालको सबिधानमा र ऎन कानुन अनुसार कसैले कसैलाई जातिय विभेद तथा छुवाछूत गर्नु दण्डनिय अपराध हो । नेपालको संविधान २०७२को मौलिक हक अन्तरगत छुवाछूत तथा विभेद विरुद्धको हकमा कुनै पनि ब्यक्तिले सार्बजनिक वा निजि स्थलमा कसैलाई जातीय विभेद तथा छुवाछूत गर्न नहुने र त्यस्तो कार्य गरेमा कानुन बमोजिम दन्डनिय अपराध हुने स्पष्ट कानुनी ब्यबस्था रहेको छ। त्यस्तै गरि छुवाछूत कसुर र सजाय ऎन २०६८ मा समेत कसैले कसैलाई सार्बजनिक वा निजि स्थलमा जातीय विभेद तथ छुवाछूत गरेमा दन्डनिय अपराध हुने र दोषीलाई ३ महिना देखि ३ बर्षसम्म कैद वा २५ हजार रुपैया जतिवाना हुने कानुनी ब्यबस्था रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।