घुससहित मालपोतका नासु पक्राउ



जनकपुरधाम : मालपोत कार्यालय महोत्तरी जलेश्वर एक कर्मचारीलाई खख्तियारले पक्राउ गरेको छ। मुद्दा फाँटका नासु ढकबहादुर कार्कीलाई १० हजार घुससहित अख्तियारको टोलीले पक्राउ गरेको हो।

महोत्तरीको गौशाला नगरपालिका १ रामनगरबाट कार्कीलाई अख्तियार दुरुपयोग अनसन्धान आयोगको कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको जनाएको छ।

सेवाग्राहीको आमाको नाममा रहेको जग्गा आमा मृत्युपछि छोरीहरुलाई नामसारी गर्ने क्रममा मुचुल्का बनाउन उनले घुस मागेका थिए। सेवाग्राहीले अख्तियारमा गोप्य सूचना दिएपछि अख्तियारको टोलीले उनलाई शनिवार दिउँसो पक्राउ गरेको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्