राष्ट्रिय जनमोर्चाद्धारा भालुवाङमा विरोध सभा



ओमप्रकाश गुप्ता ,भालुवाङ ।

राष्ट्रिय जनमोर्चा दाङले जिल्लाका विभिन्न ठाउँहरुमा बिरोध सभा गर्ने कार्यक्रम अन्र्तगत शनिवार राप्ती गाउँपालिका १ भालुवाङ पुलचोकमा विरोध सभा कार्यक्रम गरेको छ ।

संघीयता, राष्ट्रिय बिखण्डन र प्रतिगमनको खतराका विरुद्ध संघर्ष गरौ ! महङगी , हिंसा र बलात्कारको अन्त्य गरौ !! भन्ने मुल नाराका साथ भालुबाङमा बिरोध सभा गरेको हो ।

विरोध सभालाई सम्बोधन गर्दै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन छैठौका केन्द्रिय अध्यक्ष विमल पौडेलले देशमा महङगी,भ्रष्टचार मौलाएको र हत्या हिंसा तथा बलत्कार जस्ता जघन्य अपराधका घटनाहरु दिन प्रतिदिन बढ्दा पनि सरकार चुप लागेर बसेको आरोप लगाएका छन् ।

प्रमुख अतिथि समेत रहेका अध्यक्ष पौडेलले यस्ता क्रियाकलाप नरोकिए राष्ट्रिय जनमोर्चा चुप लागेर नबस्ने र निरन्तर खवरदारी गरिरहने बताएका छन् ।\

जनमोर्चाका जिल्ला सदस्य ठाकुरप्रसाद आचार्यको अध्यक्षतामा भएको विरोध सभालाई जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्य,अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष पुर्णिमा आचार्य,तराई मधेस जनवादी मोर्चाका केन्द्रिय उपाध्यक्ष हनुमान चौधरी, ट्रेड युनियनका जिल्ला अध्यक्ष हरि थापा, शिक्षक संघका केन्द्रिय सदस्य कपिलदेव खनाल लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।

पदम गोराथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन रामकृष्ण आचार्यले गरेका थिए ।

कार्यक्रम सुरु हुनु अघि ¥यालीले विभिन्न नारा लगाउदै भालुवाङ पुलचोक बजार परिक्रम गरेको थियो । यसै बिच विरोध कार्यक्रम अन्र्तगत भोली माघ २० गते गढबामा र माघ २२ गते राजपुरमा विरोध सभाको आयोजना गरेको जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिएका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्