शंकर सामुदायिक वनको साधारणसभा



 ओमप्रकाश गुप्ता, सिसहनियाँ ।

शंकर सामुदायिक वन उपभोक्ता समुह राप्ती गाउँपालिका ८ पिपरीको २१ ऋौँ वार्षिक साधारणसभा शनिवार शंकर मावि पिपरीमा सम्पन्न भएको छ । समुहका अध्यक्ष तुलाध्वज मल्लको अध्यक्षता एवम् राप्ती गाउँपालिका स्तरीय वन महासंघका अध्यक्ष हरिप्रसाद भुसालको प्रमुख आतिथ्यतामा भएको सभामा वार्षिक प्रगति प्रतिवेदन आन्तरिक लेखा परिक्षण सदस्य इमानसिंह कार्की र आथिृक प्रतिवेदन कोषाध्यक्ष ऋषिराम चौधरीले प्रस्तुत गरेका थिए ।

 

समुहकी उपाध्यक्ष शान्ता चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष गोकर्णबहादुर राना, शान्ति सामुदायिक वनका कोषाध्यक्ष उमेश चौधरी, समुहका सल्लाहाकारहरु खिमबहादुर केसी,रामप्रसाद चौधरी,पत्रकार जमिर शाह लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन गौतम चौधरीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्