हेल्पिङ्ग हेन्ड्स दाङद्धारा बाढी पीडितलाई सहयोग संकलन



दिपक बोहरा,
तुलसीपुर ३१ साउन ।
हेल्पिङ्ग हेन्ड्स दाङले फुलबारीका बाढि पीडितहरुका लागि राहात संकलन शुरु गरेको छ । सोमबार पहिलो दिन ७ हजार ५ सय नगत तथा करिब ३५ हजार बराबरको राहात सामाग्री संकलन भएको सल्लाहकार हेमराज साहुले जानकारी दिए ।

तुलसीपुरको बिरेन्द्र चोक देखी बाहिनी सम्मका पसलहरुबाट उक्त राहात संकलन भएको उनले जानकारी दिए । साहुका अनुसार तुलसीपुर क्षेत्रका व्यबसायी, संघसंस्थालगायत बिभिन्न व्यक्तित्वबाट सहयोग संकलन गर्न थालिएको छ ।

। हेल्पिपङ हेन्ड्स दाङ परिवार व्यानर लिएर राहत संकलनका लागि अनुरोध गरिरहेको छ । गत शुक्रबार साँझ देखी लगातार परेको अबिरल बर्षाले दाङको तटिय क्षेत्रका बासिन्दाहरु पीडित बनेका छन् । बाढिले गर्दा ३ जनाको मृत्यु भएको छ, एक जना बेपता भएका छन्, भने दुई दर्जन बढि घरहरु भत्किएका छन् । करिब ६ सय मानिश बिस्तापित भएका छन् । दाङको बबई, राप्तीलगायत स्थानीय खोलाहरुले गर्दा मानबिय, भौतिक, कृषि लगायतमा क्षति पुगेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्