१२ वर्षअघि हराएको सामान हाच्छिउं गर्दा नाकबाट निस्किएपछि…



एजेन्सी। बेलायतमा एउटा रोचक घट्ना घटेको छ।

एक महिलाले १२ वर्षअघि हराएको औंठी पाएकी छन्। यसो बताइरहँदा तपाइहरुलाई सामान्य लाग्न सक्छ तर हैरान बनाउने कुरा के छ भने यति धेरै वर्षसम्म हराएको औंठी उनकै नाकबाट फेला परेको छ।

 

 

बेलायतमा बसोबास गर्ने यी महिलाले हाच्छिउं गर्दा उक्त औंठी नाकबाट निक्लेको हो, जसलाई देखेर जो कोही हैरान भइरहेका छन्।

१२ वर्षसम्म हराएको उनको त्यो औंठी नाकमा फसिरहेको थियो। ब्यूटिसियनको रुपमा काम गरिहेकी यी महिलाले केहीदिन अघि हाच्छिउं गर्दा औंठी निस्किएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा उल्लेख गरिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्