यी हुन् प्रचण्डको पहलमा चितवनमा निर्माणाधीन ३४ आयोजना



काठमाडौं, । चितवन क्षेत्र नम्बर तीनबाट संघीय संसदमा निर्वाचित पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा विकासका पूर्वाधारहरुः सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, पर्यटन, कृषि लगायतको विकासका लागि ४ अर्ब रकम बिनियोजन भएको छ ।
तीन नम्बर क्षेत्रको जनअपेक्षालाई निर्वाचित भएको एक वर्ष बित्न नपाउँदै विकासको गति पकड्दै बजेट बिनियोजन भएको हो ।

हरेक नगरभित्रका जनप्रतिनिधि, सामाजिक अभियान्ता र मतदाताहरुको मागको आधारमा बजेट बिनियोजित गरिएको प्रचण्ड स्रोतले बतायो ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा सबैभन्दा बढी रकम रिङरोड, लिङ्करोड र प्रचण्ड मार्गका लागि २ अर्ब बिनियोजन गरिएको छ । २०७७ असार मसान्तसम्म सम्पन्न गर्ने गरी शहरी विकास कार्यक्रम अन्तर्गत बिभिन्न १३ वटा सडकमा काम भइरहेको छ ।
अध्यक्ष प्रचण्ड निर्वाचित भइसकेपछि पटकपटक गरेर २३ पटक चितवन पुगेका छन् ।

यो पनि पढ्नुहोस् : ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, पाँचजना घाइते

यो पनि पढ्नुहोस् :  कसरी चार्ज गर्ने मोबाइल ?

उनी चितवन आएर बिभिन्न योजनाको शिलान्याससँगै घरदैलो कार्यक्रम गर्ने गरेको सचिवालयले जनाएको छ । उनले जनताको मागलाई सम्बोधन गर्नका निम्ति सम्र्पक कार्यलय समेत स्थापना गरेका छन् । सम्पर्क कार्यालयको जिम्मेवारी नेकपाकी नेतृ निशा न्यौपानेलाई दिइएको छ ।

प्रचण्डको पहलमा चितवन जिल्लमा पाँच हजारसम्म अट्ने गरी अत्याधुनिक सिटीहल र रामपुरमा बन्न लागेको त्रिभूवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्यसमेत अगाडि बढेको छ ।

प्रचण्डकै पहलमा पुल्चोकदेखि गोन्द्राङसम्मको सडकलाई ६ लेनमा रुपान्तरण गर्ने गरी डिपीआर भइरहेको छ । सचिवालयका अनुसार ब्युटिफिकेशन अनुसार ब्रिजसहितको सडक निर्माण गर्ने गरी डिपिआर भइरहेको छ । प्रचण्डले ढल प्रशोधन केन्द्र सञ्चालनका लागि पनि पहल गरिरहेका छन् ।

२ अर्बको प्याकेजअनुसार निर्माण भएका प्रचण्डमार्ग जोड्ने १३ वटा सडक निम्न प्रकारका रहेका छन्ः
१. महेन्द्रचोक तेलौली सडक खण्डमा १८ करोड ३३ लाख ४० हजार ९४ रुपंैया ।

. मुक्तराज चोकदेखि भरतपुर महानगरको २५ नम्बर वडा कार्यलय सम्मको सडक खण्डका लागि २७ करोड ३५ लाख ७ सय ९८ रुपैंयाँ ।

पुल्लरदेखि गंगा नगर विद्यालयसम्मको सडक खण्डका लागि ८ करोड २२ लाख ७८ हजार ५ सय ८८ रुपंैया ।

४. पारिजात चोकदेखि उज्वल नगर जंगल सीमानासम्मको सडक खण्डका लागि ११ करोड २३ लाख ७ सय ७८ रुपंैया ।

५. कैलाश चोकदेखि चनौली बजारसम्मको सडक खण्डका लागि ११ करोड १४ लाख ९१ हजार १५ रुपंैया ।

६. गोन्द्राङदेखि वडा नम्बर २२, २३ को सीमाना जोड्ने सडक खण्डका लागि २४ करोड ४ लाख १ हजार ४ सय ७८ रुपैंया ।

. महेन्द्र चोक तेलौली सडकको प्रचण्ड मार्ग पहिलोका लागि ३६ करोड ५९ लाख २१ हजार ५ सय १२ रुपैंया ।

. महेन्द्र चोक तेलौली सडकको प्रचण्ड मार्ग दोश्रोका लागि ९ करोड ६९ लाख ११ हजार ४ सय ६६ रुपंैया ।

९. डेरिचोक पुल्लर सडक (अतिथि सडक) का लागि २ करोड ८७ लाख ६७ हजार ५ सय ३६ रुपंैया ।

१०. दियालो रोड (दुई नम्बरबाट ३ नम्बर जोड्नका लागि) ३ करोड ४२ लाख ७६ हजार ६ सय २ रुपंैया ।

११. पुलचोकदेखि राघाटसम्मको सडकका लागि १२ करोड १० लाख ५३ हजार ७ सय ७० रुपंैया ।

१२. शिवघाट–सुन्दर कुमारचोक–सापकोटा चोक हुँदै पकौडी रोडसम्मका लागि १६ करोड २३ लाख ९४ हजार ९ सय ९९ रुपंैया ।

१३. शहीद चोक–धर्मचोक हुँदै कचकचेसम्मको सडकका लागि १८ करोड ६३ लख ७९ हजार ७ सय ८१ रुपंैया ।

प्रचण्डमार्फत् बिनियोजन भएको सांसद विकास कोषको ४ करोड रकम पश्चिम चितवनको माडीमा रहेका विभिन्न विद्यालय तथा भरतपुर महानगरमा पर्ने बिभिन्न सडक तथा भौतिक पूर्वाधार निर्माणमा काम भइरहेको छ ।

प्रचण्डको पहलमा सडक डिभिजन कार्यालयमार्फत् निर्माण भइरहेका बिभिन्न ७ वटा सडकको काम पनि चालु छ । सडक डिभिजनमार्फत् आएको ३८ करोड ३५ लाख रुपंैया रकममा बिभिन्न ७ वटा योजनाहरु निर्माण भइरहेका छन् ।

यो पनि पढ्नुहोस् : जन्त जान नदिएको निहुँमा हत्या

यो पनि पढ्नुहोस् : नेविसंघले जलायो प्रधानमन्त्री ओली पुत्ला

३८ करोड ३५ लाख रुपंैयामा निर्माण भइरहेका ७ वटा योजना निम्नानुसार रहेका छन् ।

. रामपुर–मेघौली सडक (१३ करोड)

२. भरतपुर ठोरी हुलाकी सडकको (पटेहानीदेखि जगतपुर पुल) सम्म (१० करोड ७२ लाख)

३. वडा नम्बर १४ को बरको बोटबाट प्रचण्ड मार्ग जोड्ने सडक (५ करोड)

४. शितामाई सडक खण्ड (५ करोड ६३ लाख)

५. पकौडी विशालचोकदेखि प्रचण्ड मार्ग जोड्ने सडक (१ करोड ५० लाख)

६. मदन स्मृति पार्क भरतपुर (१ करोड)

. भरतपुर १६ शिवराम चोकदेखि जानकी चोकसम्मको सडक (१ करोड)

जंगलपारीको नगरपालिकाको रुपमा रहेको माडी नगरपालिकामा पनि प्रचण्डको पहलमा ९ वटा पुल निर्माण भइरहेका छन् । मुख्य राजमार्गमा पर्ने बिभिन्न ९ वटा खोलामा ६४ करोड ११ लाख ३५ हजारको लागतमा पुल निर्माणाधीन् छन् । माडीमा नै हुलाकी सडक खण्डअन्तर्गत २१ करोड १७ लाख रुपैंयाँ बजेट बिनियोजन गरेर १५ किलोमिटर सडक खण्ड निर्माण भईरहेको छ ।
निर्माणाधीन पुलहरु
१. पतरी खोला पुल – ३ करोड ८४ लाख २५ हजार

२. रिमाल खोला पुल – ३ करोड ६५ लाख ५४ हजार ७ सय ८६

. बाँदरमुढे पुल – ४ करोड ९१ लाख ८६ हजार ६ सय ८०

. बगई पुल – ९ करोड ३१ लाख ५८ हजार ९ सय ८१

. मुगई पुल – ७ करोड ३५ लाख २५ हजार ३ सय ८१

६. परवी पुल – ४ करोड ३६ लाख २५ हजार ४ सय १

७. धाँगर पुल – ९ करोड ५१ लाख ५२ हजार ६ सय ४८

८. टुनामुना पुल – ५ करोड ९८ लाख ५९ हजार ५ सय २६

. रिउ पुल – १५ करोड १६ लाख ५१ हजार ६ सय ६३

गत बिहीबार मात्रै शहरी विकास मन्त्रालयमार्फत् भरतपुर महानगरपालिकामा सञ्चालन हुन लागेको ५ वटा नयाँ आयोजनाको शिलान्यास गरिएको छ । अध्यक्ष प्रचण्डको पहलमा शहरी विकास मन्त्रालयमार्फत् सघन शहरी तथा भवन निर्माण आयोजनामा ४८ करोड ४१ लाख ३ हजार ४ सय ८५ रुपंैया रकम बिनियोजन गरेर बिभिन्न ५ योजनामा काम भइरहेको छ ।

निर्माणाधीन पाँच आयोजना
. देवघाटमा विद्युतीय शवदाह भवन तथा मलामी प्रतिक्षालय निर्माण – ९ करोड ९२ लाख ११ हजार १ सय ८७ रुपैंया ।

. भरतपुर अस्पतालमा बिरामी कुरुवा भवन – ६ करोड २ लाख ९२ हजार ३ सय ८ रुपैंया ।

. भरतपुर बसपार्कको निर्माण सुधार कार्य – १० करोड ८ लाख ६८ हजार ८ सय १३ रुपैंया ।

. रानीपोखरीमा पार्क तथा पूर्वाधार निर्माण – १० करोड ३९ लाख १२ हजार ६ सय ५१ रुपैंया ।

. लक्ष्मीनारायण तथा ओमकारेश्वर मन्दिर पार्क तथा पूर्वाधार निर्माण – ११ करोड ९८ लाख १८ हजार ५ सय २५ रुपैंया ।

प्रचण्डकै पहलमा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा पनि ४९ करोड बजेट बिनियोजन भएर सडक निर्माण तथा स्तर उन्नतिको क्षेत्रमा काम भएको छ ।

अध्यक्ष प्रचण्डको पहलमा निर्वाचन क्षेत्र नम्बर २ अनर्तगतको रिङरोडमा पर्ने बसपार्कदेखि आँपटारीसम्मको सडक स्तरोन्नतिका लागि १८ करोड बराबरको काम सकिएको र २२ करोड रकम बिनियोजनको क्रममा रहेको छ । विभिन्न साना खाले योजनामा समेत ५ करोडभन्दा बढी रकम निकासा भएको छ ।

 

सम्बन्धीत भिडियोहरु हेर्न यहाँ किलिक गर्नुहोस् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्