रेल दुर्घटना, ६ जनाको मृत्यु



भारतको बिहारबाट राजधानी नयाँदिल्ली जाँदै गरेको रेल दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्।

सिमाञ्चल एक्सप्रेसको रेल विहान ४ बजे दुर्घटनामा परेको हो । रेलका ९ वटा डिब्बा लिकबाट उछिट्टिएका थिए। मृतक र घाइतेको संख्या बढ्ने सक्ने उद्धारमा खटिएका अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्।

रेल्वेको लिक छुट्टिएको पाइए पनि दुर्घटनाको कारण स्पष्ट भइनसकेको अधिकारीहरूले बताएका छन्। बिहारका मुख्यमन्त्री नितिश कुमारले घटनाप्रति दुःख व्यक्त गरेकर्नुभएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्