संघीय संसदका दुवै सदनको बैठक आज



काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । राष्ट्रियसभाको बैठक दिउँसो १ बजे र प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

दुवै सदनको बैठकमा लगातार अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज भने अवरोध गर्ने–नगर्ने भन्ने बारेमा कुनै धारणा तय गरिसकेको छैन । संसद बैठकमा खेलिने भूमिकाका विषयमा छलफल गर्न कांग्रेसले आज दिउँसो १ बजे संसदीय दलको बैठक बेलाएको छ ।

दलको बैठकमा विगतको भूमिकाका विषयमा समीक्षा गरेर संघीय संसद् सचिवालयले तय गरेको कार्यसूचीका बारेमा छलफल गरेर एजेण्डा तय गरिने सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

यद्यपि डा. गोविन्द केसीको अनशन अन्त्य भएको र सरकारले कांग्रेसका पूर्वसभापतिद्वयको नाममा रहेका दुई अस्पताललाई संघीय सरकार मातहत ल्याउने निर्णय गरिसकेकाले कांग्रेसले संसद बैठकमा अवरोध नगर्ने सम्भावना देखिएको छ ।

यसअघि कांग्रेसले डा. गोविन्द केसीको माग सुनुवाई गर्नुपर्ने र पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशिल कोइरालाको नाममा रहेको अस्पताललाई संघीय सरकार मातहत ल्याउनु पर्ने माग गर्दै पटक–पटक संसद् बैठक अवरोध गर्दै आएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्