कपाल लामो बनाउन…



कपालमा लामो समयसम्म तेल लगाउँदा कडा हुने, रङ उड्ने, कमजोर हुनेलगायत समस्या हुन्छ । यसका लागि मसाज ओयल आवश्यक छ । कपालको स्वास्थ्यमा यसले निकै ठूलो प्रभाव पार्छ । त्यसका लागि नरिवलको तेल प्रयोग गर्न सकिन्छ ।

सबैभन्दा पहिला एउटा भाँडोमा नरिवलको तेल राख्नुपर्छ । र, उक्त तेललाई हल्का तताउनुपर्छ ।

 

उक्त मनतातो तेलले हातको सहायताले कपालमा मसाज गर्नुपर्छ । यसरी मसाज गर्दा सर्कुलर मोसनमा कपालको जराजरामा मसाज गर्नुपर्छ ।

करिब तीन मिनेटसम्म मसाज गर्न आवश्यक हुन्छ । यस्तो गतिविधिले टाउकोमा ब्लड सर्कुलेसन (रक्तसञ्चार) बढाउँछ र निकै छिटो कपाल बढ्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्