पोल्टी महोत्सवमा अण्डा र माछा आकर्षक



गोविन्द खड्का,
घोराही ।
दुई सय ५५ र दुई सय ६५ रुपैयाँ प्रति क्यारेट अण्डा बिक्रि भएपछि घोराहीमा चलिरहेको ५ नम्बर प्रदेश स्तरिय पोल्टी महोत्सव तथा प्रदर्शनिमा अण्डाको बिक्रि अत्याधिक भएको छ । दैनिक जसो धेरै ग्राहक झम्मिने सगरमाथा पोल्टी फर्म तथा सुरक्षा पशुपक्षी प्रबद्र्धन सहकारीले चलाएको स्टलमा शनिवार साँझ सम्म पनि उत्तीकै भिड भाड र व्यस्तता थियो ।

स्टलमा भेटिनुभएका एकाउन्टेन्ट शरद अधिकारीका अनुसार अण्डा अत्याधिक बिक्रि भएको छ । उहाँका अनुसार यसै पत्रिकाको प्रकाशित अघिल्लो समाचारमा दुई सय हुनुपर्नेमा अन्यथा भएकाले ग्राहकले तनाव दिए ।

उनिहरुलाई सहि मूलय समझाउन निकै कठिन भयो । अण्डा किन्नेहरुको आकर्षणमा भने कुनै कमि आएन । ग्राहकको पहिलो प्राथमिकता अण्डा थियो । विक्रिको उच्च दरले मेलाबाट लिएको सबै भन्दा ठुलो फाइदा मानिन्थयो । टिकटमा खर्च भएको अण्डा किनेर असुल गरीयो भन्नेहरु धेरै देखिन्थे ।

यसैगरी माछा पालक किसानहरु महोत्सवमा निकै उत्साहीत भएका छन् । स्थानियले महोत्वसव बाट दोस्रो लाभ माछा पालनको प्राविधिक सल्लाह र दानाको जानकारी बाट हाँसिल गरे ।

बजार विस्तार गर्न वुटवल बाट आएको श्रीनगर एग्रीटेक ईन्डस्टिज प्रालिले माछा विज्ञ राजु बंशीलाई झिकाएर माछा पालक किसानको पोखरीमै पठाएको छ ।

स्टलमा भेटिनुभएका प्राविधिक महेश पौडेलका अनुसार पानीमा डुब्ने र तैरीने दाता प्रालिले उत्पादन गरेको छ । पहिलो दिन जानकारी लिन आएका माछा पालकले फोन गरेर प्राविधिक माग गरे । उनिहरुको मागलाई समवोधन गर्न केनिद्रय मत्सेविभागका निवृत्त विज्ञ बंशीलाई फिल्डमै पठाएको पौडेलले जानकारी दिनुभयो ।

बरिष्ठ लेखा तथा प्रशासन अधिकृत लेखनाथ डुम्रेका अनुसार दाङमा सेल्स डिपो स्थापना गर्ने निश्चित भएको छ । विदेशमा समेत दाना सप्लाई गर्ने श्रीनगरले सैयौ विघाहमा माछा पालन गर्ने घोराहीलाई प्राथमिकतामा राखेको छ । झण्डै एकसय पचास जनाले गतिलो गरी जानकारी लिएका छन् ।

मुखैमा राखिएको अनमोल फिड् र निसा पेट सपको संयूक्त स्टल पनि दिनभरीनै आकर्षणको केन्द्र बन्यो । पिजडामा राखिएका अनौठा लाग्ने कुखुराहरु धेरैको मोवाईलमा कैद भैरहेका देखिन्थे । हर तो कस्तो छ भन्दै बच्चाहरु पनि आश्चर्य व्यक्त गरीरहेका देखिन्थे । धेरै जनालाई ति कुखुराहरु नौला लागेका थिए ।

स्टलमा भेटिनुभएका दिलकुमार रोकाका अनुसार फाइटर, जापानीज वेल्टम, सिल्की र पोलीस जातका कुखुराहरु हुन् । घोराही पुरानो बसपार्कमा रहेको उक्त फर्ममा बच्चा देखि बयस्क कुखुराहरु पाईन्छन् । मेलामा पनि बिक्रिका लागि राखिएको छ ।

दिनभरी जवाफ दिँदा दिँदा डाको बसेको प्रतिकृया दिनुभयो । मास्क लगाएका रोकाले ख्यार ख्यार घाँटि पार्दै जिज्ञासा मेटाईरहनुभएको थियो । हेर्न आएका भिड बाट अनेकौ किसिमका प्रश्नहरु सोधिन्थे । पोलिसको जोडालाई पाँच हजार र अरु चल्लाका जोडालाई तिन हजारमा विक्रि गरीने रोकाले ाजनकारी दिनुभयो दुई महिनाको चल्ला विक्रि गरीन्छ ।

यसैगरी कोसेली घरमा पनि उत्तीकै भिड लागेको थियो । बच्चाहरुले केलाको चिप्स, भन्दै नयाँ परिकार रुचाएको अभिव्यक्ति दिन्थे । आमाहरु पनि उनिहरुका माग खुशिले पुरा गर्दिन्थे ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले सञ्चालन गरेको उक्त कोसेली घर मेलाको आकर्षण केन्द्र थियो । कल्पना र विन्दुलाई सामान बेचेको लिष्ट बनाउने र विक्री गर्न हम्मे हम्मे परेको थियो । यसै गरी प्रेम निसा अल्लो धागोका सामग्रहरुमा पनि भ्याई नभ्याई थियो ।

ग्राहकको घुईचो लागेको देख्दा स्थानिय उत्पादनमा चाहना उर्लेर आएको मान्न सकिन्थ्यो । सहन शिला दिदि बहिनी अल्लो धागोले पनि अल्लाको तयारी पोषाक राखेको छ ।
उखुको जुस खानेहरुले पनि उत्तीकै चासो देखिन्थ्यो ।

मेसिनले उखु पेलीरहेको थियो खाएका गिलासको खात लागेको थियो । दिउँसो गर्मिपनि चर्को र भिड पनि धेरै भएकाले बिक्रि बढेको गेमी साला भिना उखुजुसका सञ्चालक डम्बर बुढाले जानकारी दिनुभयो । धनबहादुर श्रेष्ठ सहित दुई जनाले सन्चालन गरेको उखु जुस महोत्सवको महत्वपुर्ण कृषिजन्य सामग्री मानिथ्यो ।

यसैगरी खेलौनाहरु, सोनालिका टेक्टर, ईसजुकार, आईसर गाडि लगाएत प्रचारमा राखिएका थिए । शनिवारको विदाको मौका उठाई मेला भर्न जानेहरु अत्याधिक थिए । स्टल र पिङ खेल्न आवतजावत गर्नेहरुको भिडले निकै ठुलो उपस्थिति देखाउँथ्यो ।

मञ्चमा रहनुभएका महोत्सव निर्देशक महेन्द्र बुढाथोकि बाहिर निश्कने बाटो पाउनुभएको थिएन । मञ्च अगाडि रहेका अत्याधिक उपस्थितिले बातावरण उकुस मुकुस बनाएको थियो ।

स्वयंसेवक र सुरक्षा कर्मिलाई व्यवस्थापन गर्न निकै मेहनत गर्नुपरेको थियो । संख्यात्मक रुपमा धेरै स्टलहरु खाली भएपनि दाना तथा पशु पक्षीको बारेमा जान्नका लागि पर्याप्त मानिन्थ्यो । महोत्सवमा सहभागिको बाकलो उपस्थितिले अबेर सम्म महोत्सवमा रौनक थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्