छ दिनदेखि केशब वेपत्ता, परिवारमा पिडा



सैघाली खबर,
घोराही, ३१ साउन,
दाङमा एक बालक छ दिनदेखि बेपत्ता भएका छन् । घोराही उपमहानगरपालिका–१० सौडिकुला निवासी १४ बर्षिय केशव बुढाथोकी विहिवारदेखि सम्पर्क विहिन भएको परिवारले जनाएको छ ।

नारायणपुरस्थीत गे्रट बुद्ध एकेडेमी स्कुलमा कक्षा ७ मा अध्ययरत बालक बुढाथोकी विहिवार विहानदेखि हराएको बालककी आमा उमा बुढाथोेकीले बताईन । साथीहरुलाई म अब लमही जान्छु भनि हिडेको र सोही दिन देखि बालक बेपत्ता भएको बालककी आमा उमा बुढाथोेकीले बताईन।
एता बाट फोन आउछ की उता बाट फोन आउछ की भन्दै मोबाइल मानै हुन्छ आखा रुन्चे स्बरमा केशबकी आमाले बताइन ।

छोराको खोजीका लागि विद्यालय र प्रहरीलाई खवरसँगै आफुहरु लगि परेपनि अहिलेसम्म पत्ता नलागेको आमा बुढाथोकीले बताइन । प्रहरीले खोजी कार्य भैईरहेपनि कतै नभेटिएको बताउने गरेको बुबा खुमबहादुर बुढाथोकीले बताए ।

उनले बालकलाई भेट्ने जोकोहीले परिवारको सम्पर्क मोवाइल नंं.९८४७९२१३६० खवर गरिदिन समेते सबैमा आग्रह गरेका छन् । छ दिनसम्म छोराको पत्ता नलाग्दा परिवारले नेपाल प्रहरी, पत्रकार, मानवअधिकारकर्मीलगायतलाई छोराको खोजीकार्यमा सहयोग गरिदिन आग्रह गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्