चिकित्सा शिक्षा विधेयकमा आन्दोलन गर्नु विपक्षीको राजनीति गर्ने गतल शैली मात्र होः सभामुख महरा



संघीय संसदका सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयकलाई लिएर आन्दोलन गर्नु गलत भएको बताएका छन् । तुलसीपुरको टरिगाउँ विमानस्थलमा आइतबार विहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रक्रिया पुर्याएर पारित भएको विधेकलाई आन्दोलनको विषय बनाउनु सही मान्न नसकिने बताएका हुन् ।

प्रतिपक्षको सहमतिमा समितिमा पर्याप्त छलफल भएर पारित भएको विधेयक संसदमा असहमति जनाउन सकिने भएपनि सदनै अवरोध गर्न खोज्नु र आन्दोलन गर्नु गलत भएको सभामुख महराको भनाइ छ ।

‘चिकित्सा शिक्षा विधेयक उनहरुको आन्दोलन र अवरोधको विषय हैन र हुनुहुन्न’, महराले भने, ‘एउटा प्रक्रियामा गइसकेको कुरालाई उछाल्न खोज्नु गलत हो ।’

विधेयकको विषयलाई लिएर प्रमुख प्रतिपक्षले माघ २१ गते देशभर विरोध प्रदर्शन गर्दैछ । उनले चिकित्सा शिक्षा बिद्येयक आन्दोलनको बिषय बनाउनु प्रतिपक्षले राजनीति गर्न खोज्नु मात्रै भएको टिप्पणी समेत गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्