पत्नीसँग सामान्य भनाभन भएपछि पतिले हाने आफैँलाई गोली



उदयपुर । उदयपुरका एक युवाले श्रीमतीसँग झगडा परेपछि  आफैँले बन्दुक हानेर आत्महत्याको प्रयास गरेका छन्।

उदयपुरको रौतामाई गाउँपालिका ५ रातमाटेमा बस्ने ३८ वर्षीय निरबहादुर राईले भरुवा बन्दुक प्रहार हानेर आत्माहत्याको प्रयास गरेका हुन्।

श्रीमतीसँग सामान्य भनाभन हुँदा आवेगमा आएर आफैँलाई बन्दुकले हानेका राईको छातीमा ठुलो घाउ भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्