सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग विधेयक राष्ट्रियसभा बैठकमा पेस



काठमाडौं । सरकारले वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोश्रो सशोधन) विधेयक २०७५ लाई राष्ट्रियसभा बैठकमा पेस गरेको छ।

राष्ट्रियसभाको आईतबार बसेको बैठकमा सरकारका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले विधेयक पेश गरेका हुन्।विधेयक पेस गर्न अनुमति माग्ने प्रस्तावमाथि कुनै पनि विरोधको सुचना परेको थिएन।

विधेयक पेश भएपछि सभाअध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पुर्वकार्यसूची २, ३ ,४ र ५ कार्यसुचीबाट हटाईएको जानकारी गराउदै बैठक दश मिनेट पछि बस्ने गरि स्थगित गरे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्