११ वर्षीया दलित बालिका रुपमतीको बलात्कार पछि हत्या भएको पुष्टी



 

काठमाडौँ, २० माघ। विराटनगर महानगरपालिका–बलुवाईकी ११ वर्षीया बालिका रुपमती दासको बलात्कारपछि हत्या भएको पुष्टी भएको छ। प्रहरी अनुसन्धानबाट र पोष्टमार्टम रिपोर्टले पनि बलात्कारपछि हत्या भएको देखिएको प्रहरी स्रोतको दाबी छ ।

हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर ८ का २५ वर्षीय अब्बास अन्सारी र १८ वर्षीय चन्दु महतोलाई पक्राउ गरेको छ । पक्राउ दुबै जना लागूऔषध प्रयोगकर्ता रहेकाले लागूऔषधको नसामा बालिकाको बलात्कारपछि हत्या गरेर शव खोलामा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ।

विराटनगर महानगरपालिका-८ बलुवाईकी ११ वर्षीया बालिका रुपमती गत शनिवार घरबाट छिमेकमा टिभी हेर्न जाने क्रममा हराएकी थिइन् ।

भोलिपल्ट बिहान घरदेखि करिब ५०० मिटर दक्षिण खोलामा नग्न अवस्थामा शव भेटिएको थियो । छिमेकी महमद नेमाको घर जाने क्रममा दुई जनाले जवरजस्ती लगेर बलात्कार गरी शव खोलामा फालेको प्रहरीको दाबी छ ।

घटना लगतै अनुसन्धान सुरु गरेको प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको थियो । घटना लगतै पक्राउ परेका दुबैले घटना स्वीकार गरेपनि प्रहरीले प्रमाण जुटाउन सकेको थिएन ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको बताए । पक्राउ पर्नेहरुलाई आइतबार नै सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।

श्रोत ; नया पाइला

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्