पेट्रोलियम पदार्थको मूल्यवृद्धि प्रति रासपा, नेपालको गम्भीर ध्यानाकर्षण



काठमाडौं । सरकारले हिजोदेखि लागु हुने गरी चर्को पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेकोमा राष्ट्रिय समाजवादी पार्टी, नेपालले गम्भीर ध्यानाकर्षण गरेको छ ।

पार्टीका संयोजक रुद्रजङ्ग पुलामीले एक प्रेस वक्तव्य जारी गर्दै सर्वसाधारण जनतालाई प्रत्यक्ष असर पार्ने गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै गम्भीर ध्यानाकर्षण गरेका हुन् ।

पटक–पटक मूल्यवृद्धि गर्नु, भ्रष्टाचार, अनियमितता, कालाबजारी जस्ता गतिविधिलाई सरकारी स्तरबाटै प्राथमिकता दिइनु, जनताका जनजीविकासँग जोडिएको दैनिकी उपभोग्य वस्तुलाई सर्वसुलभ तरिकाबाट उपलब्ध गराउन नसक्नु वाम सरकारको दैनिकी बन्दै आएको उक्त वक्तव्यमा उल्लेख गरिएको छ ।

रासपा, नेपालले कमिशन आर्जन गर्ने उद्देश्य स्वरुप गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारलाई गम्भीर ध्यानाकर्षण गरेको वक्तव्यमा उल्लेख छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्