सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग विधेयक राष्ट्रियसभाबाट पारित



काठमाडौं। राष्ट्रियसभाले वेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९दोश्रो सशोधन० विधेयक २०७५ सर्वसम्मति पारित गरेको छ। समय अभावको कारण देखाउदै नियम निलम्बन गरेर विधेयक आइतबार नै पारित गरेको हो। विधेयक पारित गर्नका लागि आइतबार ३ वटा बैठक बसेका थिए।

सरकारको तर्फबाट पहिलो बैठकमा टेबल भएको विधेयकलाई नियम निलम्बन गरेर आइतबार नै बसेको तेश्रो बैठकले सर्वसम्मति पारित गरेको हो। विधेयकमा संशोधनको सूचनामा रहेको ७२ घण्टाको प्रावधानलाई नियम निलम्बन गरी आइतबार नै २ बजेर ४५ मिनेट सम्मको समय तोकिएको थियो। विधेयकमाथि कुनै पनि संसोधन प्रस्ताव नपरेपछि तेश्रो बैठकले विधेयक सर्वसम्मति पारित गरेको हो।

विधेयकमा २०७५ चैत्र मसान्त भित्र काम सक्ने गरि दुवै आयोगको समय थप गरिएको छ। थप गरिएको समयमा पनि काम सकिएन भने सोही मितिमा आयोगका पदाधिकारीको म्याद पनि सकिने तर आयोग जिवितै राख्ने प्रावधान सहित विधेयकमा संशोधन गरिएको छ।

राष्ट्रियसभा सदस्य रामनारायण विडारीले राष्ट्रियसभा कार्यसञ्चालन नियमावलि २०७५ को नियम १ सय ६ बमोजिम विधेयक पास गर्नका लागि आवश्यक पर्ने ७५ घण्टाको प्रावधानलाई समय अभावका कारणले लागू गर्न नसकिएकाले घटाई १ घण्टा कायम रहने गरी सोही नियमावलिको नियम २ सय ३२ बमोजिम नियम निलम्बनको प्रस्ताव पेस गरेका थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्