दाङको बंगलाचुली गाउँपालिकाको चौथो गाउँसभा सम्पन्न



दाङ ।बंगलाचुली गाउँपालिकाको चौथो गाउँसभा आईतबार सम्पन्न भएको छ । गाउँसभाले गाउँपालिकाको विभिन्न वडाहरुको विनियोजीत बजेटमा केही संसोधन गरेको छ । भने केही विधेकहरु समेत पास गरेको छ ।

गाउँसभाले आर्थिक ऐन,२०७५ संशोधन गर्न बनेको विधेयक ,२०७५ , विनियोजन ऐन,२०७५ संशोधन गर्न बनेको विनियोजन विधेयक २०७५,बंगलाचुली गाउँपालिकाको कृषि व्यावसाय प्रवद्र्धन सम्बन्धमा व्यास्था गर्न बनेको विधेयक २०७५, र बंगलाचुली गाउँपालिकामा विपद् जोखिम न्यूनिकरण तथा व्यापस्थापन गर्न बनेको विधेयक २०७५ पास गरेको छ ।

 

बंगलाचुली गाउँपालिका उपाअध्यक्ष यमुना थापामगरले नितीतथा कार्यक्रमलाई पारीत गर्नका लागि सभामा अनुरोध पत्र पेश गर्नु भएको थियो ।

त्यस लगतै बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर ओलीले संशोधिन निति तथा कार्यक्रम र विधियेकलाई पारीत गर्नका लागि सभाका सभासदहरुलाई अनुरोध प्रस्ताव गर्नु भएको थियो ।

त्यसपछि सभामा सहभागी बंगलाचुली गाउँपालिकाका वडा अध्यक्ष,कार्यपालिका सदस्य र वडा सदस्यहरुले एकमुष्ट हुन्छ भनेर निति तथा कार्यक्रमलाई पास गर्नु भएको थियो ।

गाउँसभामा बंगलाचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर ओलीले सदस्य सचिवको भूमिका निभाउनु भएको थियो । उहाँले गाउँपालिकाका जनप्रतिनीधीहरुलाई नियम संगत तरीकाले निती तथा कार्यक्रम र विधेयक पास गर्नका लागि सहजकर्ताको भूमिका निभाउनु भएको थियो ।

शनिवार देखि सुरुभएको गाउँसभाको उद्घाटन प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोखरेलले पास गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्