खाने बस्ने नुहदा बर्षाैदेखि बिचल्ली



जनक नेपाली
दाङ । जंगलको डिलमा भत्केको झुप्रो त्यसैमा बृद्ध – दम्पतीले दिन काट्न थालेको बर्षाे बित्यो । बृद्ध –दम्पतिलाई आजभोली दैनिक गर्जाे टार्न नै मुस्किल छ ।स्थानीय गाउँलेको सहयोगले ओत लाग्न बनाएको झुप्रो पनि गत साउँनमा आएको झरीले भत्कायो । घर भत्केपछि पुष,माघको चिसो उनको थाप्लो माथी छ ।


उमेरले डाँडाँ काटिसकेका तुलसीपुर उप–महानगरपालिका १४– जनकपुरका प्रेमकुमारी र ईन्द्रबहादुर नेपालीको खाने बस्ने नहुदा बिचल्ली नै छ । मागेर ल्याउँनका दिनमात्र बल्ने उनको अगेनो मिठो मसिनो खान त झन चाडपर्व कुर्नुपर्छ । अगेनो माथी कुच्चिएको भाडो बसालेकी प्रेम कुमारीले सम्पतिको नाममा त्यही मात्र भएको बताईन ।


ओड्ने विस्तारा देखि लगाउँने कपडा सम्म गाउँलेहरुले दिएको पुराना पोका पुन्तुराले दिन धकेल्दै आएको उनको भनाई छ । बर्षातको समयमा आउँने झरी देखि पुष,माघको चिसो समेत घर भित्र पस्ने भन्दै निकै कष्टका दिन काटेको उनको अनुव छ । शारीरिक अपाङ भएका दुबै जनालाई साझ बिहानको हात मुख नै जोड्न समस्या भएको स्थानीय गाउँलेहरु बताउँछन् । ईन्द्रबहादुरको बोल्न सक्ने अबस्था छैन भने प्रेमकुमारीको बोली नै बुझिदैन ।


गाउँलेहरुले दयाले दिएको एक/दुई गेडा अन्नले दुवै जनाको परिवार पालिदै आएको स्थानीय तुलसीराम भट्राईले जानकारी दिनुभयो । उनको छोरा गाउँको अलि चनाखो केटो थियो जनयुद्धको बेला त्यो पनि बेपत्ता भयो भट्राइले भने । गाउँमा केही परिर्वतन गर्छकी भन्ने उसकै आशमा थियौ तर २०५९ सालमा बेपत्ता भएपछि अहिले सम्म घर फर्किएर आएन उनले भने ।


आमा – बाले छोरा थियो भन्ने कुरा समेत बिर्सन थाले बरु गाउँलेहरु उसकै आसँमा छौ भट्राईले थपे ।बिरामी हुदा समेत बृद्ध–दम्पति उपचार नपाउँने अबस्था भएको बताउँदै गाउँलेको भरमा उनिहरु रहेको गुजारा चल्दै आएको । स्थानीय निकायसंग घर निर्माणका लागि प्रस्ताव गरे पनि चाँसो नदिएको गाउँलेहरुले वताए । त्यसकारण बृद्ध दम्पतिको घर निर्माणका लागि सहयोग गर्न स्थानीयहरुले माग समेत गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्