बोक्सी आरोपमा कुटिएकी राधा न्याय खोज्दै विप्लव नेकपामा प्रवेश गरिन



आज मलाई न्याय दिने र मजस्तै हजारौँ गरिब र दुःखीहरूका पक्षमा लड्ने पार्टी नेपाल कम्युनिस्ट पार्टी भेटेकी छु । मलाई न्यायका लागि यो पार्टीले पहल गर्यो । म विप्लव नेतृत्वको यो पार्टीलाई लालसलाम तथा धन्यवाद टक्र्याउँछु ।’

माघ २०, कैलाली ।
भोलेबाबा भनिने रामबहादुर चौधरीबाट कुटाइ खाएकी कैलालीकी राधा चौधरी विप्लव नेकपामा समाहित भएकी छिन् ।
न्यायको लागि उनी क्रानितमा लागेको बताएकी छिन् । बोक्सीको आरोप लागेपछि एकवर्ष अगाडी भोलेबाबा नामको स्थानीय व्यक्तिले सार्वजनिक ठाउँमा निर्घात कुटपिट गरेका थिए ।

कुसंस्कार(कुरीति तथा विभेदका विरुद्ध लडिरहेको विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले न्याय दिने भन्दै आफुले नेकपामा प्रवेश गरेकी बताइन् ।

‘म गरिब घरकी चेली भएकाले मलाई दुव्र्यवहार गरी अवहेलना गरिएको हो । म बोक्सी होइन । मेरो गाउँमा प्रायः पढेलेखेका शिक्षित मात्र छन् तर पनि मलाई बचाऊ भन्दै रोइकराइ गर्दा पनि कसैले साथ दिएनन् । म निर्घात रूपमा कुटिँदा पनि कसैले केही बोलेनन् ।’ उनले भनिन् ।

उनको समाजप्रति उनलाई निकै घृणा जागेको छ । उनले भनिन, ‘गरिबीको दलदलमा फसेको अन्धविश्वासी समाजले मलाई हेप्यो र यसप्रकारको अमानवीय दुव्र्यवहार गर्यो’ । आज मलाई न्याय दिने र मजस्तै हजारौँ गरिब र दुःखीहरूका पक्षमा लड्ने पार्टी नेपाल कम्युनिस्ट पार्टी भेटेकी छु । मलाई न्यायका लागि यो पार्टीले पहल गर्यो । म विप्लव नेतृत्वको यो पार्टीलाई लालसलाम तथा धन्यवाद टक्र्याउँछु ।’

उनले भनिन्, ‘नेपाल कम्युनिस्ट पार्टीले मलाई साथ देओस् । म क्रान्तिकारी भएर बाँच्न चाहन्छु । त्यसपछि म र म जस्ता असहायमाथि यस्ता हर्कत गर्न खोज्नेले हजारपटक सोच्नुपर्छ ।

कार्यक्रममा बोक्सीको आरोपमा कुटिएकी राधा चौधरीसहित माओवादी केन्द्र परित्याग गरी पतिराम चौधरी, किरण चौधरीसहित १३ जना नेकपामा प्रवेश गरेका थिए ।

कार्यक्रममा पार्टी प्रवेशी र सहिद परिवारलाई दोसल्ला ओढाई सम्मान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै जनसकार प्रमुख कारणले देशमा दुईवटा सत्ता सञ्चालन भएकाले जनताको सरकार र जनअदालतले समग्र जनताको मुक्ति, न्याय–निसाफ दिने बताए ।

उनले अन्यायपूर्ण तरिकाले लादिएको कर दलाल पुँजीवादी सरकारलाई नतिर्न आग्रहसमेत गरे ।

साभार सकल्प न्युज 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्