दुवै हात करेन्टले लग्यो, आँसुमा डुबे रात आँसु पुछ्ने छैनन् हात (भिडियो सहित)



काठमाण्डौ।
जीवनको कुन मोडमा के हुन्छ कसैलाई थाहा नहुँदो रहेछ । अहिले तपाईको जीवन कसरी चलेको छ, त्यही हो जीवनको यथार्थ रमाईलो क्षण बन्न पुग्दछ ।

एक छिन पछि आफ्नो जीवनमा के परिवर्तन हुन्छ ,त्यो पनि कसैलाई थाहा नहुने रहेछ । यदी थाहा हुने थियो भने पहिला नै सबै सुरक्षा अपनाइने गरिन्थ्यो होला । ठूला ठूला हुने दुर्घटना बाट सजगता अपनाउथे होला। । जीवन एक संघर्श हो भन्छन् । तर कसले कति संघर्श गर्ने, कसले कति दुःख कष्ट खेप्नु पर्ने त्यो कसैलाई थाहा पनि हुँदैन रहेछ ।

जीवनमा धेरै मानिसका आ–आफ्नै सपना हुने गर्दछन् । कतिका सपना सपनामै सीमित हुने गर्छन् त कतिका सपना पुरा हुने गर्छन् । त्यस्तै बिराटनगरकी २२ वर्षिय मेघा घिमिरेको पनि नेपाल आर्मी बनेर देश को सेवा गर्ने सपना थियो । तर उनको सपना सपनामै सीमित भयो र सपना चकनाचुर बन्न पुग्यो ।

२०७२ सालमा हाइ भोल्ट को करेन्ट लागेर दुबै हात गुमाउनु परेपछी उन्को जीवनमा अन्धकार छाएको छ । उनको बिवाह बिराटनगरकै बिकास कार्कीसँग भएको थियो ।

बिवाह गरेपछि दुबै जनाले एक अर्कालाई जीवन भर साथ दिने कसम खाएका हुन्छन् । अझ उनको त प्रेम बिबाह थियो । केही वर्ष प्रेममा परेर बिवाह गरेको यो जोडी छृट्छ भनेर कसैले पनि कल्पना गरेका थिएनन् । भनिन्छ प्रेममा सबै चिज जायज हुन्छ । तर विकासले मेघालाई गरेको प्रेम स्वार्थमा परिणत भयो । उनीहरुको प्रेम विवाह देखावटी मात्र बन्न पुग्यो ।

जब मेघाले विकासका दुःखमा बगेका आँसु पुच्ने र सुखमा रमाएर ताली बजाउने हात करेन्टमा परी गुमाउनु प¥यो, त्योसँगै आफ्नो मुटृमा राखेको जीवन भरी साथ दिने आधा मुटुले पनि साथ छोड्यो । सँगै मर्ने सगै बाँच्ने कसम खाएको बिकास उनका दुई हातसँगै चुँटिएर गयो ।

विगतका आफ्ना प्रेमका ती रमाइला पलहरु सम्झँदा अहिले दिन दिनै आँसु बग्दछन् । तर अहिले उनका दिन दिनै बग्ने आँसु पुछ्न आफूसँग केही छैनन् । न त हात छ, न त श्रीमान को साथ छ ।

उनी अहिले माइती घरमा बस्दै आएकी छिन् । उनको माइती घरको आर्थिक अवस्था कमजोर छ । जसोतसो बुबाले मेघाको उपचार गराए । अहिले उनलाई अर्कैले कपडा लगाई दिनु पर्दछ, खाना पनि अरुले नै खुवाउनु पर्दछ । बुवा पिएनको जागिर खान्छ्न भने आमाले एउटा झुल फ्याक्टीमा मजदुरीको काम गर्दछिन् ।

उनको उपचारमा घर खेत समेत सकिएको र अहिले पनि मेघाको निरन्तर उपचार गर्नु पर्ने बुबा आमाको भनाई छ । तर उपचारमा समेत आर्थिक अभाव भए पछि मिडिया मार्फत सबैसँग मेघाले र उनका आमा बुबाले हारगुहार गरेका छन् । उनकी आमालाई आफू मरेपछि छोरीले मागेर खानु पर्ला भन्ने ठूलो चिन्ता लागेको छ ।

 

आफ्नो जीवन दिन दिनै छोटो हुँदै गएको र उनलाई एउटा हात मात्र लगाइदिन पाए केही हदसम्म राहात हुने आमाको भनाई छ । मेघा घिमिरेलाई सहयोग गर्न चाहनु हुनेले मनकारी नेपाली दाजु भाई तथा दिदीबहिनीहरुले यो मोबाईल नम्बर ९८०७०६०७९१ मा सम्पर्क गरेर सहयोग गर्न सक्नु हुने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्