सकियो पोल्ट्री महोत्सब



दाङ । दाङमा जारी ५ नं. प्रदेश स्तरिय पोल्ट्री महोत्सव सकिएको छ । सुरक्षित कुखुरा तथा दाना व्यवसायी समितिको आयोजनामा संचालित महोत्सव आज आईतबार समापन गरिएको हो । गत माघ १० गतेबाट संचालन भएको महोत्सव पाँच नं. प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले समापन गर्नु भएको हो ।पोल्ट्री महोत्सबको समापन गर्दै डाँगीले महोत्सवले कृर्षि क्षेत्रको विकासका लागिसहयोग गरेको वताउँनुभयो । समापन कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका डाँगीले यस्ता मेला महोत्सव किसानको आय–आर्जन गर्नका लागि टेवा पुग्ने विश्वास व्यक्त गर्नभयो ।

कार्यक्रममा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषाल,नेपाल उद्योग वाणिज्य संघका प्रदेश नं. पाँँचका उपाध्यक्ष हेमराज बञ्जाडे,संस्थापक अध्यक्ष टंकेश्वर केसी, घोराही उप–महानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । समितिका अध्यक्ष निमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव चन्दन भण्डारीले गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्