निर्देशक रोशन कुमारले ल्याए नयाँ गीत ‘आउँदै छु भेट्नलाई’ (भिडियो सहित)



काठमाडौं । नेपाली चलचित्र क्षेत्रका उदयमान निर्देशक रोशन कुमार श्रेष्ठले ‘आउँदै छु भेट्नलाई’ भन्ने बोलको गीत युवट्युवमा सार्वजनिक गरेका छन् । रोशन कुमारको निर्देशन रहेको गीतमा गायक सन्तोष सिलवालको स्वर रहेको छ भने विज्ञान न्यौपाने र सिलवाल स्वयमकै शब्द रहेको निर्देशक श्रेष्ठले जानकारी दिएका छन् । त्यस्तै गीतमा संगीत दीपक सिंहको छ भने सम्पदन रियान शाहको रहेको छ । छायाँङ्कन विजय क्षेत्रीले गरेका छन् ।

गीतमा कृष्ण रेग्मी र निश्मा पोखरेलको अभिनय रहेको छ । गीतले युवा पुस्ताको मायाँ प्रेमलाई विशेष रुपमा उठान गरेको देखिन्छ । यो गीतले युवाहरुको मन जीत्न सक्ने निर्देशक श्रेष्ठको अपेक्षा रहेको छ । युट्युव च्यानल बुढा सुब्बा डिजिटल प्रा.लि.ले यो गीत आज युवट्युव मार्फत सार्वजनिक गरेको हो । पुरा भिडियो हेर्नुहोस्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्