मुख्य समाचार

दाङ उद्योग वाणिज्य संघको मतदान जारी दिउसो १ वजे सम्ममा ६ सय ४७ मत खस्यो

By थाहा अनलाइन

August 15, 2017

सैघाली खबर दाङ,३१ साउन । व्यापारीहरुको साझा संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघ मतदान जारी रहेको छ ।

विहान ८ बजेदेखि मतदान शुरु भएको मतदानमा दिउसो १ वजे सम्ममा ६ सय ४७ मत खसेको निर्वाचन प्रमुख रेवतीरमण भट्टराईले जानकारी दिनुभयो । जस अनुसार क बुथमा ३सय ४७ र ख बुथबाट ३ सय गरी जम्मा ६ सय ४७ मत खसेको प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

 

संयुक्त प्यानलका तर्फबाट नारायण भुषाल अध्यक्षतामा उपाध्यक्ष एकराज खनाल र नारदमणि पोख्रेल, महासचिव अनिल आचार्य, सचिव हरि खरेल तथा कोषाध्यक्षमा श्रीधर पोख्रेलको उम्मेदवारी परेको छ ।

काग्रेस निकट ब्यवसायीहरुको तर्फबाट मञ्जु बज्राचार्यको अध्यक्ष प्रजातान्त्रिक प्यानलबाट उपाध्यक्षमा टंक बुढाथोकी र बसन्त जोशी, महासचिवमा नरेश कार्की, सचिवमा मायाँ पोख्रेल र कोषाध्यक्षमा शुसिल पोख्रेलका विचमा निर्वाचनमा होमीनु भएको छ । संघमा मतदाता २ हजार ९२ जना सदस्य आबद्ध भएका छन् । साँझ ४ बजेसम्म मतदान चल्ने छ । त्यसका साथै बेलुका ८ बजेदेखि मतगणण सुरु हुने छ । निर्वाचनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।