घोराही खानेपानीको निर्वाचन –प्रगतिशील प्यानलको तर्फबाट उम्मेदवार छनौट



दाङ । माघ २६ गते हुने घोराही खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनका लागि प्रगतिशील प्यानलको तर्फबाट उम्मेदवार छनौट गरिएको छ । घोराही खानेपानी तथा सरसफाई निर्वाचन परिचालन समितिका संयोजक राममणी पाण्डेको अध्यक्षतामा बसेको बैठकले प्रगतिशील प्यानलको तर्फबाट उम्मेदवार छनौट गरेको हो ।

२६ गते हुने निर्वाचनका लागि अध्यक्ष पदका लागि गणेशप्रसाद श्रेष्ठ,उपाध्यक्ष मधुसधन अ¥र्याल,सचिव निर्मल गौतम,कोषाध्यक्ष नरबहादुर बुढाथोकी नाम सिफारिस गरेको संयोजक पाण्डेले जानकारी दिनुभयो । यस्तै महिला सदस्यमा विष्णु कालाथोकी,मनकुमारी पुन,भुमा चौधरी, सदस्यहरुमा दिलीप खनाल र दुर्गा भुषाललाई छनौट गर्ने निर्णय गरेको हो । बैठकमा बोल्दैै संयोजक पाण्डेले निर्वाचनमा सहयोग गर्न सम्पूर्ण प्रगतिशिल उपभोक्ताहरुलाई आग्रह गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्