आर्थिक

सुनचाँदीको भाउ घट्यो

By थाहा अनलाइन

August 15, 2017

सैघाली खबर, काठमाडौं,३१ साउन । – सुनचाँदीको भाउ मंगलबार घटेको छ । सुनको भाउ तोलामा ४ सय तथा चाँदीको भाउ ५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुन मंगलबार तोलाको ५५ हजार तथा चाँदी ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ सोमबार तोलाको ५५ हजार ४ सय र चाँदीको भाउ ७ सय ५५ रुपैयाँ थियो ।