सरकारका विरुद्ध देशभर कांग्रेसको प्रदर्शन



काठमाडौंः सरकारका पछिल्ला गतिविधिको विरोध गर्दै नेपाली कांग्रेसले देशभर सरकारका विरुद्ध प्रदर्शन गरिरहेको छ।कांग्रेसले पछिल्लो समय सरकारको आलोचना गर्दै आएको छ।

कांग्रेसले काठमाडौंको शान्तिबाटीकासहित देशभर प्रदर्शन गरिरहेका छ। देशभरका विरोधसभाहरुलाई नेपाली कांग्रेसका नेताहरुले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ। कांग्रेसले गरिरहेको विरोध प्रदर्शनमा कांग्रेसका कार्यकर्ता तथा सबै भातृ संगठनहरुको सहभागिता रहेको छ। पछिल्लो समय सरकारले एकलौटी हिसाबले संवैधानिक परिषद्बाट निर्णय गरेको, चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पारित गरेको लगायतका आरोप लगाउँदै कांग्रेसले सरकारको विरोध गर्दै आएको छ।

कांग्रेसले सरकारको अधिनायकवादी चरित्र, निर्मला प्रकरण, ३३ किलो सुन कान्डलगायत विषयमासमेत असहमति जनाउँदै विरोध जनाएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्